धरानमा भुस्याहा कुकुरहरुको संख्यामा अत्याधिक वृद्धि भएपछि अहिले पोथी कुकुरलाई बन्ध्याकरण गर्ने काम शुरु गरिएको छ ।
धरान नगरपालिकाको प्रांगरणमा हिमालय एनिमल रेस्क्यु ट्रष्ट नामक संस्थाले विगतदेखि नै कुकुरमा सर्ने रोगका नियन्त्रणमा काम गर्दै आइरहेको धरानको पेट्स होमको सहकार्य तथा धरान नगरपालिकाको सहयोगमा सडकमा छाडा छोडिएका पोथी कुकुरहरुलाई समातेर बन्ध्याकरण गर्ने अभियान शुरु गरेको हो ।
पौष ४ गतेदेखि शुरु गरिएको यो अभियानअन्तर्गत आजसम्म ७४ वटा पोथी कुकुरहरुको बन्ध्याकरण गरिएको ट्रष्टका सुपरभाइजर एवम् टेक्निसियन नारायण ढकालले जानकारी दिनुभयो ।
उहाले धरानमा मात्र हैन मुलुकका विभिन्न स्थानमा छोडिएका छाडा कुकुरहरुका कारण मानिसमा रेविज रोगको संक्रमण बढेका कारण बन्ध्याकरणसागै रेविजको भ्याक्सिन समेत लगाइदिने गरेको बताउनुभयो ।
उहाले यस काममा धरान नगरपालिका जति गम्भीरतापूर्वक लाग्नुपर्ने हो सोचेजस्तो नलागेको बताउनुभयो । बन्ध्याकरणका लागि ट्रष्टबाट सडकबाट कुकुर समाएर ल्याउने चारजना, डा. सञ्जिव प्रधान र डा् सुरेश कामुसहित दुई जना पशुचिकित्सक सहित चारजना प्राविधिक खटाइएको भएपनि धरान नगरपालिकाले कुनै कर्मचारी नखटाएको उहाले गुनासो समेत गर्नुभयो ।
यता धरान उपमहानगर नगरपालिका सरसफाई प्राविधिक शिशिर श्रेष्ठले विगतमा समेत ट्रष्टले धरानमा कुकुरको बन्ध्याकरण गरे पनि धरान नगरपालिकाले सहयोग नगरेको स्वीकादै यसपटक भने सहयोग गर्ने बत ाउनुभयो ।
उहाले ९ गतेसम्म चल्ने यस अभियानको अन्तिम दिन कार्यालय प्रमुख आएपछि छलफल गरी के कति सहयोग गर्न सकिन्छ त्यो गर्ने आश्वासन समेत दिनुभयो ।
यता बन्ध्याकरण अभियान शुरु गरेपछि सडकमा हिड्ने कुकुरमात्र हैन घरपालुवा कुकुर समेत बन्ध्याकरणका लागि प्रसस्त रुपमा ल्याउने गरिएको ट्रष्टका पदाधिकारीहरुले बताएका छन् । पौष ९ गतेसम्ममा २ सय वटा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य राखिएको समेत ट्रष्टको रहेको छ । यसले छाडा कुकुरको संख्यामा न्यूनिकरण हुनुका साथै रेविज रोगबाट भयवित हुनुपर्ने अवस्था नआउने समेत उनीहरुको भनाई छ ।
