धरान÷ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा सोमबार धरानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
धरान उपमहानगर कमिटिको आयोजनामा भानुचोकको लोकतान्त्रिक चौतारीमा गरिएको रक्तदान कार्यक्रम विभिन्न संघ संंस्थाले समेत सहयोग गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन ं संगठनका पुर्वअध्यक्ष
मोतिराज सुनुवारले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सुनुवारले मुलुकको सम्बृद्धिको केही हिस्सा यातायात व्यवसायीहरुको रहेको बताउनुभयो । उहाले अहिले यातायात मजदुहरु समाजिक क्षेत्रमा अग्रसर भएको बताउदै यो संगठनलाई पनि देश बनाउने संगठनको रुपमा चिन्न थालेको थालिएको बताउनुभयो ।
नेकपाका प्रदेश नं १ कमिटि सदस्य विजय राईले विगतको भन्दा अहिले यातायात मजदुरलाई हेर्ने दृष्टिकोणमा
फरक आएको बताउनुभयो । उहाले यातायात मजदुरहरुको शिष्ट व्यवहार, नम्र बोलिचालीका कारण यातायात
मजदुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनुभयो ।
रक्तदान कार्यक्रम लायन्स क्लब अफ विजयपुर र लायन्स क्लब अफ विजयपुर युनाइटेडसँगको सहकार्यमा आयोजना गरिएकोे थियो । यातायात मजदुर,विद्यार्थी, सञ्चारकर्मी, विपी प्रतिष्ठानका डाक्टरहरु समेतले रक्तदान गरेका थिए ।

