धनकुटामा समेत शाहसिक खेल प्याराग्लाइडिङको परिक्षण सफल

धरान÷ पश्चिमको पोखरामा व्यवसायिक रुपमा सञ्चालन भएको शाहसिक खेलको रुपमा परिचित प्याग्लाइडिङ पूर्वमा यसले व्यवसायिक रुप लिन थालेको छ । केही समय अगाडिदेखि धरानमा सञ्चालन भएको प्याग्लडिङ्गले व्यवसायिक सफलता हासिल गरेसँगै धनकुटामा समेत यसको सफल परिक्षण उडान गरिएको छ । धनकुटाको सदरमुकामस्थित चुलिवन डाँडाबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान गरिएको हो ।
धनकुटा नगरपालिका र कोशी एडभेञ्चर प्रा.लि. इटहरीको सहकार्यमा परिक्षण उडान गरिएको होे । धनकुटा प्याराग्लाइडिङको सम्भावना वोकेको जिल्ला भएकोले चाडै यसलाई व्यवसायिक रुप दिने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरको समग्र विकासका लागि सम्भावना खोजी अनुरुप प्याराग्लाइडिङ पनि एक रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभएको छ ।
एक वर्ष अघि देखि विज्ञहरुको टोलीले यस ठाउँलाई सम्भावना भएको क्षेत्रको रुपमा एकिन गरेका थिए । आवश्यक संरचना बनाउँदै प्याराग्लाइडिङ उड्न मिल्ने स्थान बताएपछि यो दास्रो प्रयासमा सफल उडान भएको हो ।
धनकुुटाकै पहिलो सफल उडानका पाइलट राम राईले स्थानीय युवा नवीन केसीलाई साथमा लिएर प्याग्लाइडिङमा उड्नुभएको थियो । स्थानीय चुलीबनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै विभिन्न संरचना निर्माण गरिरहेको नगरपालिकाले प्याराग्लाइडिङलाइ थप आकर्षणको रुपमा राख्ने भएको छ । चुलीबन क्षेत्रमात्र नभएर अन्य पर्यटकीय क्षेत्रको पहिचान गरेर व्यवसायिक रुप दिने प्रयास जारी राख्ने नगरको योजना रहेको धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले बताउनुभयो ।
प्र्राविधिकको अध्ययनले सम्भावना बोकेको यो स्थानको प्याराग्लाइडिङ उडानलाइ अझै एक वर्ष सम्म
निरन्तरता दिने योजना छ ।
प्याराग्लाइडिङका पाइलट राम राईले नगर क्षेत्र भित्रका अन्य सम्भाव्य स्थानलाई खोज्दै व्यवसायिकतामा टेवा पुुग्ने गरी निरन्तर सहयोग गर्ने जानकारी दिनुभयो ।
चुलिवन डाँडाबाट प्याराग्लाइडिङ गराएर तमोर नदीको किनार याक्चनाटारमा अवतरण गर्ने गरी नयाँ स्थानको पहिचान भएको हो । त्यहाँबाट रोमाञ्चक ¥याफ्टिङ गर्दै कोशी राजमार्गको मुलघाट स्थित विश्रान्ती मन्दिर छेउसम्म आउने पर्यटकीय प्याकेज बन्ने सम्भावनाको पहिचान गरेर यो कार्यको थालनी भएको हो ।
स्थानीय सरकारले साहसिक खेलको प्रवद्र्धन गर्दै पर्यटकीय गतिविधि बढाउने र थप आर्थिक आयको बाटो जुटाउने प्रयास धनकुटाले थालेको हो । भविष्यमा यसलाई व्यवसायिक रुपमा अगाडि लगे पर्यटक भित्र्याउने माध्यमका साथै नगरपालिकाको बलियो आर्थिक आम्दानीका स्रोत बन्नेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया