धरान÷पूर्वकै सुन्दर नगरी धरान विकासको हिसावले निक्कै अव्वल शहर हो । त्यहाको शिक्षा स्वास्थ्यको हिसावले पनि धरान अघिनै छ । तर धरानबासीहरु स्वास्थ्य उपचार गर्नुपर्दा भने सरकारी सेवा सुविधायुक्त स्वास्थ्य संस्थामा उपचार गर्न जादैनन् । नजिकै रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी किल्नीकहरुमा नै जाने गर्दछन् । धरान उपमहानगरपालिका भित्रैरहेको स्वास्थ्य चौकी धरानमा भने उपचारका लागि सर्वसाधरण जाने गर्देनन् ।
धरान उपमहानगरपालिका भित्र बसोवास गर्ने आम धरानवासीलाई सामान्य विसन्चो भयो भने पनि नजिकै रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि जाने गर्दछन् । सामान्य बिरामी हुदा पनि महंगोमा शुल्क तिरेर निजि क्लिनिकहरुमा स्वास्थ्य उपचार गरिरहेका हुन्छौ । तर नेपाल सरकारले दिने ३७ प्रकारको औषधी र स्वास्थ्य उपचार निःशुल्क पाउने ठाउमा भने धरानबासी जाने गरेका छैनन् । सामान्य विरामी पर्दा बजारमा खुलेका क्लिनिकमै पहिले पुग्छन् र महंगोमा औषधी खरिद गरेर स्वास्थ्य उपचार गर्नेगर्दछन् । तर त्यो क्लिनिक भन्दा राम्रो स्वास्थ्य उपचार पाउने स्वस्थ्य चौकीमा भने जादैनन् । यस्तो सेवा सुविधा पाएर पनि धरानबासी बेखवर भएर स्वास्थ्य चौकीमा उपचार गर्न नआएको स्वास्थ्य चौकी धरानका प्रमुख नबिन कुमार राई बताउनुहुन्छ ।
धरानमा नजिकै सुविधा सम्पन्न स्वास्थ्य संस्था बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । त्यो संगै सुविधा सम्पन्न अस्पतालहरु पनि धरानमा
छन् । यसैगरी सयौको संख्यामा निजि क्लििनकहरु पनि संचालनमा छन् । त्यसै कारणले पनि धरानबासीहरु सामान्य विरामी हुदा पनि महंगो खर्च गरेर निजिमै उपचार गर्न जाने जाने गरेको उहाँको भनाई छ ।
धरान उपमहानगरपालिकाको ब्यस्त बजार छाता चौकमा रहेको पहिलेको पुरानो अस्पतालमा स्वास्थ्य चौकी धरान रहेको छ । स्वास्थ्य चौकीमा नेपाल सरकारले दिने सम्पूर्ण सेवा सुविधाहरु दिईनुका साथै दक्ष जनशक्ति पनि छन् । तर पनि धरानबासी उपचारका लागि स्वास्थ्य चौकीमा खासै आउदैनन् । यो स्वास्थ्य चौकीको पुर्वधार विकास धरान उपमहानगरपालिकाले गरिदियो भने स्वास्थ्य चौकी धरानमा नमुना हुने उहा बताउनुहुन्छ ।
धरानमा हुने खाने र आर्थिक अवस्था मजबुद भएकाहरु निजि क्लििनक र अस्पतालमा उपचारका लागि गए पनि सर्वसाधारणको लागि भने यो स्वास्थ्य चौकी ठुलो सुविधायुक्त स्वास्थ्य संस्था हो । यहा राम्रो स्वास्थ्य उपचार पाउने गरेको स्वास्थ्य चौकी धरानका सिनियर अहेब सुभनारायण बनैताको भनाई छ ।
यसरी नेपाल सरकारले दिने स्वास्थ्य सम्वन्धी स्वास्थ्य सेवा पाउदा पनि धरानबासीहरु कम मात्रै सो स्वास्थ्यचौकीमा उपचारको लागि जाने गरेको यो सबै जनचेतनाका कमीका कारण भएको सञ्चारकर्मी धिरेन लिम्बु बताउनुहुन्छ ।
यसरी सरकारी सेवा सुविधा उपभोग गर्नका लागि धरानमा रहेको स्वास्थ्य चौकीमा धरानबासी नजानुको मुख्य कारण भनेको धरानमा रहेको स्वास्थ्य चौकीबारे बेखवर हुनुले हो । यसर्थ धरानको छाताचौक स्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकीमा धरानबासीको ध्यान पुग्न सक्यो भने सरकारले दिने सेवा सुविधाको अलिकति भए पनि हिस्साको भागिदार धरानबासी पनि हुनेछन् ।
