शतप्रतिशत शिक्षित रहेको भारतको ऐतिहासिक सहर पूणेमा विश्वविख्यात उद्योगदेखि शिक्षण संस्था सम्म

भारतको नयाँदिल्ली स्थित कुटनीतिक नियोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया, प्रभावशली राजनैतिक व्यक्तित्वहरुसँगको भेटघाट, भारतको समृद्धिमा अत्यन्तैै इमान्दारिता पूर्वक महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सरकारी तथा गैर सरकारी संघ संस्थासँगको अन्तरक्रिया, भारतको दोस्रो ठूलो क्ष्लत ल्भतधयचप टिभी च्यानल ऐतिहासिक तथा भौतिक संरचनाहरुको अवलोकन पश्चात नेपालका सिनियर सञ्चारकर्मीहरुको १५ जनाको टोली जेष्ठ १ गते साँझ महाराष्ट्रको पूणे पुगेको थियोे ।
सत प्रतिशत शिक्षित नागरिक रहेको महाराष्ट्रको पूणे भारतको ऐतिहासिक सहरमात्र नभएर विश्व विख्यात उद्योग,
शिक्षण संस्था आदिका कारणले समेत अग्रस्थानमा रहेको छ । झण्डै १० बजे राति पूणे विमान स्थल पुग्दा थाहा भयो, पूणे विमान स्थल भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमान स्थलपछिको सबैभन्दा ठूलो विमान स्थल रहेछ । पूणेको जनसंख्या २५ लाख ४० हजार ६९ रहेको छ भने साक्षर पुरुषको संख्या १३२५६९४ र साक्षर महिलाको जनसंख्या १२१४३७५ रहेको छ जुन सम्पूर्ण जनसंख्या साक्षर रहेका छन् ।
मराठी भाषाको बाहुल्यता रहेको पूणेमा हिन्दी र अँग्रेजी भाषा समेत चलन चल्तीमा रहेको छ । पूणेको भूवनौटलाई राज्य सरकार र केन्द्र सरकारले सही सदुपयोग गरेको देखिन्छ । स–साना ढुंगे पहाडले घेरिएको, उर्वर जमिन नभएको पूणेको विकास देख्दा बाहिरबाट जाने जोकोहीले एकपटक आश्चर्य मान्नैपर्छ । ठूला–ठूला उद्योग कलकारखाना, मल्टी युर्निभर्सिटी, मुगल कालका ऐतिहासिक धरोहर, आर्मी एकाडेमी, शनिवाणा, आदि पुणेका विशेष धरोहरहरु हुन् । उत्पादक क्षेत्रलाई संरक्षण गरेर अनुत्पादक क्षेत्रमा भौतिक संरचना, उद्योग, कलकारखाना स्थापनाले पूणेलाई भारतमै एक महत्पूर्ण सहरको रुपमा उभ्याएको
छ । काठमाण्डौबाट प्रस्थान गर्दा देखि नै नेपालका सिनियर सञ्चारकर्मीहरुको टोलीलाई समन्य गर्नुभएका भारतीय राजदुतावास काठमाण्डौका द्वितीय सचिव हरिसकुमार, भारतीय विदेश मन्त्रालयबाट टोलीमा सामेल हुनुभएका PO(XFM) कैलाशकुमार भट्ट, महाराष्ट्र सरकारका सूचना तथा जनसम्पर्क सहायक निर्देशक डा. राजु पटुदकरले समेत सहजता प्रदान गर्नुभएको थियो ।

बजाज अटो लिमिटेड

नेपालबाट गएको सिनियर सञ्चारकर्मीहरुको टोली जेष्ठ २ गते मोटर साइकलको मुख्य उत्पादक बजाज अटो मोवाइल्समा पुग्दा (Chakan-Talegaon road ) स्थित निर्माण विभागका प्रमुख सुनिल कुमार देशपाण्डे, अन्तर्राष्ट्रिय व्यापार म्यानेजर रमन प्रितसिंह आहुजालगायतले भव्य स्वागत गनुर्भएको थियो ।
निर्माण कम्पनी र सञ्चारकर्मीबीचमा भएको अन्तरक्रियामा निर्माण विभागका प्रमुख सुनिलकुमार देशपाण्डेले जमुनालाल बजाजले स्थापना गर्नुभएको बजाजको निर्माणक कार्य हाल भारतका ३ राज्यबाट भइरहेको र बार्षिक ६ करोड उत्पादन
भइरहेको जानकारी दिनुभयो । सन्. १९४२ मा उत्पादन शुरु भए पनि त्यसबेला संसारको अन्य दशेमा पुग्न ननसकेको तर आज
संसारका ७० देशमा यसको विक्री रहेको बताउनुभयो । ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्वी र दक्षिण एसियामा बजाजका विभिन्न ब्राण्डका मोटर साइकलको सर्वाधिक विक्री रहेको समेत पाण्डेले जानकारी दिनुभयो ।
महाराष्ट्रको पूणेमा रहेको बजाज उद्योगमा १२ सय भन्दा बढी इँिन्जनियरहरु आज कार्यरत रहेका छन् । यो उद्योग पूणेमा १९९८ मा ८० हेक्टर भुभागमा फैलिएको छ । पुणेमा पल्सर, एभेन्जर, केटिएम उत्पादन गर्दै आएको छ जसले आइएसओ ९०००१, आइएसओ १४००१ र ओएचएस १८००१ पप््रमाणपत्र प्राप्त  गरेको छ । बजाजको अर्को उत्पादनको प्लान्ट औरगंवादमा रहेको समेत पाण्डेले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय म्यानजेर रमनप्रित सिंह आहुजाले बीच बीचमा नेपाली बोलेर नेपाली सञ्चारकर्मीहरुलाई आश्चर्यमा समेत पाुर्नभएको थियो । उहाँले भन्नुभयो औरगवादको प्लान्ट १९८४ मा स्थापना भएको र त्यो ३६२ हेक्टरमा पैmलिएको छ । जहाँबाट डिस्कोभर, प्लाटिना, सिटी १००,बक्सर उत्पादन हुँदै आएको छ । बजाजको अर्को प्लान्ट उत्तरा खण्डमा रहेको छ । जुन प्लान्ट २००७ मा स्थापना भएको र २४ हेक्टर क्षेत्रफलमा फैलिएको जहाँबाट डिस्कोभर र प्लाटिना मोटर साइकलहरु उत्पादन हुन्दै आएको छ । बजाजले मोटर साइकलमात्र नभएर तीन पाँग्रे अटे समेत उत्पादन गर्दे आएको छ । नेपालका लागि बजाजको आधिकरिक विक्रेता Hansraj Hulaschand and Co. pvt.Ltd रहेको र क्षेत्रीय विक्री कक्षहरु इटहरी, वीरगञ्ज, भैरहवामा रहेको छ ।

पुनावाला गं्रुपको भारतको सेरम सस्था प्रा.लि

पूणेस्थित सरोज भवन डा. अम्बेडकर रोड स्थित रहेको विश्व प्रसिद्ध पुनावाला ग्रुपको सेरम संस्था प्राइभेट लिमिटेमा यसपटक नेपालका सिनियर सञ्चारकर्मीहरुले अवलोकन, उद्योग सञ्चालकहरुसँग अन्तरक्रिया गर्ने अवर पाउनु आफैमा गौरवको कुरा हो ।
सेरम इस्टिच्युट अफ इन्डिया प्रा.लि. संसारकै सबैभन्दा ठूलो भ्यान्सिन उत्पादन गर्ने उद्योग हो । पुनावाला गु्रपले स्थपाना गरेको अन्य उद्योगहरुमा शेरम बायो फर्मा पार्क सेज, पुनावाला बायो टेक्नोलोजी पार्क सेज, सेज वायो टेक सर्भिसेज प्रा्लि., पुनावाला स्टेटस स्टुड एण्ड एग्रिकल्चर फार्म प्रा.लि रहेका छन् ।
पुनावाला ग्रुप कम्पनीका डाइरेक्टर ग्रुप एक्जीम पिसी नाम्बिरले सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा भन्नुभयो सन् १९९६ मा स्थापना भएको Serum Institute of India PVT.LTD. ले आज प्रत्येक दिन १ करोड ६० लाख डोजेज सिरिन्ज उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादन भएका सिरिन्जहरु आज १ सय ८० देशमा सप्लाई भइरहेको छ । खासगरी पोलियोको भ्यान्सिन बनाउने यस कम्पनीका उत्पादन शाखाहरु युरोपको नदरल्याण्ड, चेक रिपब्लिक लगायतका स्थानहरुमा समेत रहेका छन् । सिरमका एडिसनल डाइरेक्टर डा. एस एस पिसालले भन्नुभयो पहिला पहिला पोलियोको लागि ओरल ड्रप्स दिइन्थ्यो । त्यस्ता व्यक्ति ट्वाइलेट जाँदा फेरि भाइरस सक्रिय हुन्थ्यो । तर अब त्यसको हामीले समाधान गरिसहसकेका छौैं भन्दै पिसालले डेंगुको, सिन्ड्रोम भएका नानीहरुका लागि चाँडै नै भ्याक्सिन बजारमा आउँदै गरेको र विश्व स्वास्थ्य संगठनले २३ वटा महत्वपूर्ण उत्पादनका लागि प्रमाणपत्र दिइसकेको छ । कम्पनीको लक्ष्य पैसा भन्दा पनि मानवीय सेवा भएको प्रष्ट पार्दै पुनावालाको आधिकारिक अफिस नेपालको काठमाण्डौमा समेत रहेको र दर्जनभन्दा बढी औषधीहरु नेपाल जाने गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

फिल्म र टेलिभिजन, किर्लोस्कर ब्रदर्श र भारतीय उष्ण देशीय मौसम विज्ञान संस्थान

भारतमा पूर्णेको आफ्नो छुट्टै पहिचान छ । पूणेमा रहेको फिल्म एण्ड टेलिभिजन अफ इन्डिया त्यस्तो इस्टिच्युट हो जहाँ अभिनय कला, फिल्म उत्पादन, निर्देशन लगायत अध्ययन गराइन्छ ।
फिल्म एण्ड टेलिभिजन अफ इन्डिया भारत सरकार मातहतको निकाय हो । सन् १९६० मा बनेको संसारकै सबैभन्दा ठूलो फिल्म सिटी हो । बलिउडमा आज आफ्नो अभिनय क्षमता देखाएका धर्मेन्द्र, अभिताभ बच्चन, डैनी, जयाप्रदा, हेमामालिनी, विनोद खन्ना, मात्र होइन आजका अधिकांश कलाकारहरुले त्यही अध्ययन गरेका हुन् । पछिल्लो पटक नेपालबाट समेत त्यहाँ अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य रहेको छ । त्यस इन्स्टिच्युटका प्रमुख वि.पी. सिंह भन्नुहुन्छ, आइटी परीक्षा भन्दा पनि यहाँ कडा हुन्छ । उहाँको कथन थियो भारतको कन्याकुमारीदेखि कस्मिर सम्मका मात्र नभएर इरान, नेपाल, बंगलादेश, युरोपका विभिन्न देशबाट यही पढ्न आउँछन् । भारत सरकारको ब्रोडक्रास्टिङ्ग एसोसिएन अन्तर्गत रहेको त्यस प्रकारको संस्था भाचरतमा अन्यत्र छैन । कलकत्तामा सत्यजीत रेले स्थापना गरेको एउटा छ तर पूणेको जस्तो सुविधा सम्पन्न छैन ।
एस.के. किर्लोष्करले स्थापना गरेको किर्लोष्कर ब्रदर्श लि. पुणेको अर्को महत्वपूर्ण निकाय हो । किर्लोैष्करका भारतमा सातवटा ब्रान्चहरु रहेका छन् । यसले
अमेरिका, युरोप, अफ्रिका, थाइल्याण्ड लगायतका स्थानमा एग्रिकल्चर, हाइड्रो, विल्डिङ्गका कट्रक्सनमा काम गर्दै आएको छ । आफ्नो स्थापनाको एक सय बर्ष पूरा गरेको किर्लास्करका चियर मेन सञ्जयले बताउनुभयो । संसारकै सबैभन्दा ठूलो पम्पिङ योजना भएको किलोषर््करको नेपालमा काठमाण्डौ, पोखरा, विराटनगरमा समेत डिलर रहको किर्लोष्कर पब्लिक कम्पनी हो ।
पूर्णे स्थित रहेको भारतीय उष्ण देशीय मौसम विज्ञान संस्थान
भारत सरकरको एक महत्वपूर्ण निकाय हो । सन् १९६२ मा स्थापना भएको संस्थानले प्राकृतिक प्रकोपको अग्रिम जानकारी दिने गर्छ । यसले प्राकृतिक प्रकोप नियन्त्रण गर्ने होइन संस्थानका प्रमुख रविन जुलेले बताउनुभयो । भारतमा केही समय अगाडि आएको सामुन्द्रिक आँधी फनी र नेपालमा आएको टोर्नाडोको सम्बन्धमा प्रमुख जुलेले भन्नुभयो ती दवै फरक प्रकृतिका प्रकृति प्रकोप हुन् । उहाँ फनीको पूर्व जानकारी गराउँदा भारतमा ठूलो जनधनको क्षति हुनबाट जोगियो ।

सम्फोसिक अन्तर्राष्ट्रिय विश्व विद्यालय, शिवाजी गढ र विश्वासनाथ करण

पूर्णेमा अबलोकन गर्ने, त्यसको अध्यन गर्ने असंख्यौ स्थानहरु रहेका छन् । सहरबाट करिब ४० किमी टाढा रहेको सिम्पोसिस अन्तर्राष्ट्रिय विश्व विद्यालय, त्यति नै
दूरीमा रहको शिवाजी महाराजको ऐतिहासिक किल्ला र सहरको मध्य भागमा रहेको विश्वनाथ करणका आ–आफ्नै महत्व छन् ।
पत्रकारिता, फोटाग्राफी, किक्रेट, जिम, स्वास्थ्य विज्ञान लगायत दर्जनौ विद्यामा उपाधि हाँसिल गर्न सकिने सिफोसिस अन्तर्राष्ट्रिय विश्व विद्यालयमा यतिबेला संसारभरिका मानिसहरु अध्ययनका लागि आउँछन् । उता सिवाजी महाराजको किल्लाले तत्कालीन अवस्थाको चित्रण गर्छ । मुगलसँगको युद्धमा परास्त भएपछि र आफना विश्वासपात्रको देहान्तको कारुणिक इतिहासको जिउँदो अखडा हो शिवाजी महाराजको किल्ला । यस्तै विश्वनाथठ करणको महत्वपूर्ण समेत आफ्नो ठाउँमा छ । सन् २००० मा नाम मात्रको दाम लिएर भारतीय महसुर एक्टर राजकपुरले विक्री गरेको १.२१ एकडमा पैmलिएको विश्वनाथकरण साँच्चै नै मनमोहक छ । झण्डै ५ हजार विद्यार्थी अध्यन गने उक्त स्थानमा राजकपुर प्रति अत्यतै ठूलो श्रद्धा प्रकट गर्दे उनको घरमा विभिन्न आकृतिहरुका शालिक राखिएका छन् । जसले राजकपुरको स्मरणलाई चीर कालसम्म जीवन्त राख्ने छ ।

तपाईको प्रतिक्रिया