सोलुखुम्बु÷सोलुखुम्बुको थुलुङ दुधकोशि गाउपालिका–४ स्थित
राम्चेमा दाउरा खोज्न जाँदा रुखले किचेर १८ बर्षिय युवतीको मृत्यु भएको छ ।
वैसाख २१ गते बिहान साढे ११ बजेको समयमा सोही गाउपालिका स्थित राम्चेमा नया बाटो ट्रयाक खोलिएको सडकमा दाउरा खोज्न गएकी १८ बर्षिय सुस्मा राई सोहि बाटोमा रहेको रुख ढलेर किच्दा गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई हेलिकप्टर द्वारा उपचारको लागी लैजान सोही स्थानको भ¥याङ खोलाको दोभानमा पु¥याउनासाथ स्थानिय स्बास्थ्य चौकी बाट स्वास्थ्य कर्मि बोलाएर चेक जाँच गर्ने क्रममा मृत्यु भएको थियो भने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।
