अवैध सामान बरामद

झापा÷झापाको मेचीनगर नगरपालिका–६ र ७ बाट प्रहरीले आइतवार अन्दाजी १ लाख १९ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान
बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा, भाँडावर्तन, हार्डवेयरको सामान, डाल्डा–१ कार्टुन, चामल–४ बोरा, मैदा–१ बोरा त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको कालो मरिच–१ बोरा, मटर–९ बोरा, सुपारी–१५ कि.लो. बरामद गरेको
हो । बरामद सामान  आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको
छ ।

तपाईको प्रतिक्रिया