मोरङ÷मोरङको सुन्दर–हरैँचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका–२ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।

