मलेसियामा सम्पन्न कराँते प्रतियोगितामा नेपाललाई ५स्वर्ण सहित ८ पदक

मलेसियाको ईपोह पेयर्कमा सम्पन्न १६औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका छन् । ईन्द्रमुलिया स्टेडियममा भएको खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीले विभिन्न तौलमा प्रतिस्पर्धा गरेका थिए ।
संघको तर्फबाट भाग लिएका खेलाडीहरुमा स्वर्ण जित्नेमा नोवेल ईन्भारमेन्ट एकेडमी कोटीहवाका ईश्वर विक, न्यु नमुना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटीहवाका समुद्र सिंह राना, गुरुकुल ईन्स्टिच्यूटका सविन श्रेष्ठ, सनलाईन बोर्डिङ स्कुल ओमसतियाका कमल
चौधरी रहेका छन् ।
यस्तै प्रतियोगितामा सञ्जिवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राईले काता तथा कुमितेमा गरी दुई
रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुदिन अलि (मोहम्मद अलि) ले जानकारी दिए ।
१२ वर्ष उमेर समुहमा नेपाली खेलाडी युजिनसँग उज्वेकिस्तानका खेलाडीले निकै प्रतिस्पर्धात्मक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दवावमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए । कुनै पनि प्रतियोगितामा हार नबेहोरेका उज्वेकिस्तानका खेलाडीले नेपाली प्रतिस्पर्धीसँग हार खाएसँगै रुँदै एरिनाबाट बाहिरिएर र प्रतिस्पर्धी युजिनलाई मायाको चिनो समेत प्रदान गरे । यो दृष्य सबैका लागि आर्कषक बनेको प्रशिक्षक कमरुदिन अलिले बताए ।
नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिला तर्फ हिरादेवी राई, जुनीयरतर्फ ८ वर्ष मुनिको उमेर समुहमा कुमिते तर्फ तिलोतमा नगरपालिका रुपन्देहीका ईश्वर वि.क., १० वर्ष उमेर समुहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समुहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह रानाले प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी, १४ वर्ष उमेर समुहमा सविन श्रेष्ठ, ओम सतिया गाउंपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समुहमा प्रतिपर्धा गरेका गरे । प्रतिस्पर्धामा प्रतियोगिहरुले ५ स्वर्णसहित ८ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लाल लामा तामाङले जानकारी दिए ।
विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे । भारत, मलेसिया, सिंगापुर, जर्मनी, ईन्डोनेसिया, पाकिस्तान, दुवई, उज्वेकिस्तान लगायत १६ राष्ट्रका करीब १ हजार भन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी थिए ।
नेपाली टोली अनुशासित तथा सबैको आर्कषक बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंशा गरेको प्रशिक्षक तामाङले जनाकारी दिए ।
नेपालले २०१९–२० लाई भिजिट वर्षका रुपमा मनाउन गईरहेकोले यसलाई सफल बनाउन आफु नेपाल आउने आनन्थानले प्रतिवद्धता जनाए । प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रिको भूमिका निभाएकी थिईन् ।

तपाईको प्रतिक्रिया