घाइते तथा बेवारिसे मानिसको उद्धार

मोरङ÷ वैसाख १२ गते विहान अन्दाजी ११÷१२ बजेको समयमा बेवारिसे तथा घाइते अवस्थामा विराटनगर स्थित नोवेल मेडिकल कलेज नजिक फेला परेको छ ।  आफ्नो नाम, थर, वतन पनि बताउन नसक्ने ती व्यक्ति तराईबासी माझी, चौधरी थर जस्तोे देखिने अन्दाजी ४५ वर्षका ती व्यक्तिलाई  अस्पतालमा ड्युटीमा खटिएको प्रहरी कर्मचारीले भेटी तत्कार्ल उद्धार
गरी नोवेल मेडिकल कलेजमा उपचारार्थ पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयको अनुरोधमा उक्त अस्पतालले सोही दिन बेलुकीदेखि आइ सि यू मा भर्ना गरी उपचार गरिरहेकोमा उनको टाउकोमा रगत जमेकोले अप्रेशन पश्चात् चैत ६ गते एस सि यू मा र चैत ८ गते न्यूरो रिहाबमा
राखिएपछि उनको स्वास्थ्यमा सुधार हुदै गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया