दाउराको भारीले किचेर मृत्यु

सोलुखुम्बु÷सोलुखुम्बुको सोताङ गाउँपालिका–२ माझखर्कमा दाउराको भारीले किचेर एकजनाको मृत्यु भएको छ ।
वैसाख १२ गते बिहान ७ बजेको समयमा घर देखि ३० मिनेट उत्तरमा आफ्नै बारीमा दाउरा बोक्न गएका ५३ को कृष्ण बहादुर राई बेलुका सम्म घर फर्केर नआएपछी सोही राती उनलाई आफन्तहरुले दाउराको भारीले किचेर घाईते अवस्थामा फेला पारेका थिए ।  गम्भिर घाईते उनलाई स्थानिय स्वस्थ्य चौकी सोताङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि शुक्रबार साझँ ५ बजेको समयमा एभरेष्ट एयरको हेलिकप्टर द्वारा टिचिङ अस्पताल काठमाण्डौ लाने क्रममा बाटैमा मृत्यु भएको थियो । शबलाई पोष्टमार्टमको लागी टिचिङ अस्पताल काठमाण्डौमा राखिएको छ भने थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया