धरान÷ धरानको सर्दु जलाधार क्षेत्रलाई जैविक विविधिता पार्क बनाउने धरान उपमहानगरपालिकाको योजना अनुरुप यस क्षेत्रमा कामको शरुवात समेत गरिएको छ ।
धरानको मुख्य खानेपानीको स्रोत मानिएको यो क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय आगमनलाई बृद्धि गर्न पार्कको अवधारणा अगाडि सारिएसंंगै काम समेत शुरुवात गरिएको हो । यस क्षेत्रमा धेरै प्रजातिका जीव जन्तुसंगै अत्यन्तै दुर्लव वनस्पति समेत भएका कारण यसको संरक्षण गर्दै पर्यटकीय आगमनलाई बढावा दिन जैविक विविधता पार्कको अवधारणा अगाडि बढाइएको हो ।
धरान १३ फुस्रे एक समय व्यापारिक केन्द्र थियो । चार दशक अगाडि धरानको मु्ख्य बजारको रुपमा यसलाई लिइन्थ्यो तर २०३४ सालमा कोशी पहाडी क्षेत्रमा सडक सञ्जालले छोएपछि भने यो ठाउ मृत अवस्थामा पुग्यो । यस्तो ऐतिहासिक क्षेत्रका सम्बद्र्धन, प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यले जैविक विविधता पार्कको अवधारणा अगाडि बढाइएको धरान १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।
धरान १३ र २० को संगम स्थलको रुपमा सर्दु जलाधार क्षेत्र त्यसमा पनि फुस्रेसंग जोडिएको यो क्षेत्र इतिहासलाई समेट्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने मुख्य लक्ष्य वडाले लिएको वडा अध्यक्ष काफ्लेले बताउनुभयो ।
यसका लागि खोलामा भएका ढुंगाहरुलाई कलात्मक रुपमा विभिन्न जनावरहरुको आकृति बनाउने कामको थालनी गरेको छ । धरान उपमहानगरपालिका वडा नं.. १३ को २ लाख बजेटबाट शुरु गरिएको गरिएको हो ।
यस ठाउमा सप्तकोसीको भिमनगर पुल बनाउनको लागि प्रयोग गरिएको ऐतिहासिक धिर्नीको भग्नावशेष समेत रहेको छ भने छेउवमा ओशो ्ध्यान केन्द्र समेत रहको छ । मृत फुस्रेलाई फेरी फुस्रे पुरानो इतिहास ब्यूताउनको लागि जैविक विविधता पार्कको अवधारणा अघि सारेको वडा अध्यक्ष काफ्लेका भनाई छ ।
अहिले सर्दु खोलामा भएका ढुङगालाई विभिन्न जनावरको आकृति दिने कार्यको शुरुवात गरेको छ ।े ढुङगामा अहिले शुरुवाती चरणमा जोडी (जोडी गुजुल्टिएको)अजिंगर, हास र भ्यागुताको आकृति बनाउने काम हुदैछ,भने विस्तारै चरा चुरुङगी, किरा फटेङग्रा सबै निर्माण गरिने भएको छ । क्रमश आगामी बजेटमा भगवानको मुर्ति, देशका नेताको सालिक बनाउने कामलाई समेत तिब्रता दिइने भएको छ ।
पहिलो चरणमा धरानका आर्ट अफ भिलेजका मुर्तिकार तथा चित्रकारद्वय जिवन पौडेल र धिरज राईले ढुङगामा अजिंगरको आकृति उतार्ने काम भइरहेको छ ।
वडाको प्रारम्भिक चरणको योजना अनुसार ३ वटा जनावरको आकृति दिने काम भएको मुर्तिकार जिवन पौडेलले बताउनुभयो । उहाले जैविक संरक्षण क्षेत्रमो अहिले जोडी अंजिगर बनाउने काम हुदैछ’ र यसपछि हास र भ्यागुता बनाउने बताउनुभयों’ ।
काशी पहाडी क्षेत्रमा सडक सञ्जाल जोडिएर यातायात गन्तव्यसम्म पुग्न थालेपछ मृत सहरको रुपमा रहेको फुस्रेका स्थानीयहरु समेत जैविक विविधता पार्क निर्माणको काम शुरु गरेपछि भने उत्साहित छन् ।, विगतमा भएको चहलहल पुन ः हुने अपेक्षामा उनीहरु छन् ।
जे होस् धरानको इतिहास बोकेको धरान १३ फुस्रेमा जैविक विविधता पार्क बनाउनु सकारात्मक पक्ष हो । यसले धरानको मात्र हैन समग्र प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थलको प्रतिनिधित्व गर्छ भन्नेमा दुई मत छैन ।

