लागू औषधसहित एक प्रक्राउ

धरान÷ विक्रीका लागि स्कुटरमा लागू औषध बोकेर हिड्दै गरेका एक युवकलाई आइतबार धरान प्रहरीले प्रक्राउ गरेको छ ।
धरान १७ बस्ने बर्ष ३० का छोटा भनिने समिर राईलाई स्कुटरसहित प्रहरीले प्रक्राउ गरेको हो ।
राईलाई प्रहरीले को ३६ प ४२० नम्बरको स्कुटरमा कालो व्यागभित्र लुकाई छिपाई लादै गरेको एभिल २२० एम्पुल, डाइजोपाम २२०, लुपिजेसिक २२० एम्पुलसहित धरान १५ पिण्डेश्वरचौकबाट राति ११ः२० बजेको समयमा प्रक्राउ गरिएको हो ।
राईसहित लागू औषध र स्कुटि नियन्त्रणमा लिइएको डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । प्रक्राउ परेका राईको अनुसन्धान जारी रहेकोले उनलाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्धा चलाइने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया