पूर्व प्रहरी संगठनमा लामा

धरान÷नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको कार्यवाहक अध्यक्षमा रामप्रसाद लामा सर्वसम्मत चयन हुन भएको छ
गत बर्ष भएको संगठनको निर्वाचनबाट निर्वाचित रुपम लामाले घरायसी कारण देखिाउदै दिनुभएको
राजीनामा वैसाख ७ गते बसेको कार्य समितिको बैठकले स्वीकृत गरेसँगै बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका लामालाई कार्यवाहक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संगठनका पदाधारीहरुको कार्यकाल तीन बर्षको हुने गरेको छ । तर अध्यक्ष रुपम लामाले राजीनामा दिनु भएपछि आगामी दुई बर्ष रामप्रसाद लामाले सगठनको नेतृत्व गर्नु हुने भएको छ । व्यवसायसँगै समाजसेवामा समेत आवद्ध लामाकै प्रयासमा धरान १३ स्थित
रहेको संगठनको भवनको माथिल्लो तलामा ट्रष्ट हालिएको थियो भने जीर्णोद्वार भवनमा रंगरोगन र मर्मत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया