अन्तर्रा्ष्ट्रिय करा“ते प्रतियोगिता पटनामा सुरु

अन्तर्र्रािष्ट्रय खुला कराँते प्रतियोगिता सोमबारदेखि भारतको पटनामा शुरु भएको छ । भारतको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गरेका छन् ।
अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका २२१ जना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा जापान गोजुरीयो  कराँते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा नेपालको
राष्ट्रिय टोलीले सहभागिता जनाउँदैछ । नेपालका २६ खेलाडीले विभिन्न उमेर समूह र तौल समूहमा भाग लिनेछन् । नेपालका खेलाडीको लगनशीलता र मेहनतका कारण नेपाल विजयी हुने प्रशिक्षक रानाले बताए ।
प्रतियोगितामा नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ रुपा राना ५० , दिलमाया कोइराला ५५, विपीन राना ५०, सन्तु थारु ५५, छिरिङ गुरुङ ६५, दिलबहादुर बुढाथोकी ७०, सन्दीप चौधरी ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
१९ वर्षमुनिको (जुनियर) उमेर समूहमा अमन सोती मगर ५०, सुमन परियार ६० र सञ्जय चौधरी ७० केजी तथा १७ वर्षमुनिको (जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, विपीन गुरुङ ५०, सुनिल रावल ५५, रोशन राना ६० केजी तौल समूहमा सहभागिता जनाउँदै छन् ।
चौध वर्षमुनिको (सब जुनियर) उमेर समूहमा इशा सारु ४०, आकृति राना ५०, प्रियङ्का थापा ५५, शाहील गुरुङ ३५, जीवन पुन ४०, मिलन श्रीस ४५, प्रसुन शाही ५०, सरोज क्षेत्री ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
यसैगरी १० वर्षमुनिको (किड्स) उमेर समूहमा आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५, गौरव पौडेल ३० र अमिसा पोखरेल ३० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
यसअघि जापान गोजुरीयो कराँते डो मिसन सङ्घको नेतृत्वको नेपाली राष्ट्रिय टोली भारतको पुनामा सम्पन्न भएको च्याम्पियनसिपमा १४ स्वर्ण पदक, २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया