प्रदेश सभामुख अगाडि उद्योगी व्यवसायीका गुनासै गुनासो

धरान÷उद्योगी व्यवसायीहरुले मुलुकमा यतिबेला दुई तिहाईको बलियो सरकार छ, पाँच लाख युवालाई रोजगारी दिने नारा दिएर सत्तामा पुगेको छ , चौतर्फी अराजकता मौलाउँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको, उद्योगीहरुले भोग्नुपरेका कुनै समस्या समाधान गर्न नसकेको बताएका छन् ।
सोमबार सुनसरी उद्योग वाणिज्य संघको ३७ औंै साधारणभामा उनीहरुले त्यसरी गुनासो पोख्दै आक्रोस समेत व्यक्त गरे ।
उद्योगीहरुको गुनासो र आक्रोस थियो सरकारको रवैयाका कारण उद्योगीहरु समस्याबाट छट्पटाइरहेका छन् । उद्योग संगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले भन्नुभयो उद्योगीहरुले
सरकारको समृद्धि अभियानलाई साथ दिइरहेका छौं । व्यवसायीले २० प्रतिशत मुनाफा आर्जन गर्दा उसलाई कारबाही हुन्छ, जेल जानुपर्छ तर बैंकहरुले रिफाइन्स गरेर १८ प्रतिशतसम्म व्याज खान्छ । उनीहरुलाई राज्यको कानुन लाग्दैन भन्ने प्रश्न गर्दै आज बैंकहरु बीमा कम्पनीका एजेन्ड भएका छन् । सबैमा इन्सुरेन्स नगरी ऋण दिँदैनन् । उहाँले भन्नुभयो काठमाण्डौको अँध्यारो कोठामा बसेर औद्योगिक नीति बनाइन्छ । त्यसरी बनाइएको औद्योगिक नीति प्राक्टिकल हुँदैन । निजी क्षेत्रसँग समन्वय गरेर नीति बनाउन आग्रह गर्दै घिमिरले भन्नुभयो अहिले लोडसेडिङ्ग छैन तर लो भोल्टेजका कारण उद्योगीहरुका करोडौमन कच्चा पदार्थ नष्ट भएर गएका छन् । एउटा उद्योग खोल्दा लाइसेन्स लिनुपर्दा १५ ठाउँमा धाउनुपर्छ । पैसा नदिई काम हुँदैन । उल्टै व्यवसायीलाई देख्दा सरकार कालो बजारी भन्छ, नराम्रो नजरले हेर्छ । उहाँले थप्नुभयो, उद्योगी व्यवसायी कर दाता हुन् हाम्रो करले राज्य चलेको हुन्छ । उद्योगी व्यवसायी हिडेमा मुलुक समृद्ध होइन टाँट पल्टन्छ ।
प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले उद्योगी व्यवसायीको आक्रोसलाई मत्थर पार्दै भन्नुभयो जनताले बनाएको संविधानबाट आज हामी शासित छौं । अपेक्षा अनुरुपका कामहरु अवस्यै भएका छैनन् । आवश्यक कानुनको निर्माण हुँदैछ । आफू कार्यकारी नभएर एउटा मिडिएटर मात्र भएको भन्दै मुलुक समृद्धिको आधारहरु तयार हुँदैछन् । उहाँले भन्नुभयो मुलुकमा २५.५ प्रतिशत जनता चरम गरिबीको रेखामुखी छन् । प्रत्येक बर्ष ५ लाख युवा विदेशिन बाध्य छन् । कृषि प्रधान देशमा ३२ अर्ब ५२
करोडको चामलमात्र आयात भएको छ । निर्यात ६६ प्रतिशतले घटेको छ । यो चिन्ताको विषय हो । निर्यातको तुलनामा आयात बढ्नु मुलुक संकटतर्फ उन्मुख हुनु हो । उहाँको आग्रह थियो व्यापार घाटा कम गर्न उद्योगी व्यवसायीले निर्यात बढाउनुपर्छ । उहाँले प्रदेशको राजधानी र नाम चालू अधिवेशनबाटै सहमतिमा टुंगो लाग्ने र सहमतिबाटै टुंगो नलागे विधि र प्रक्रियाबाट टुंगो लगाइने छ भन्नुभयो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरीका दुई सञ्चारकर्मी गोपाल दाहाललाई पर्यटन क्षेत्रमा र सचिन पोख्रेललाई आर्थिक क्षेत्रमा योगदान पु¥याएवापत १० हजार राशी सहित सम्मान गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकार लगायतले साधारणसभाकोे सफलताको शुभकामना दिनुभएको थियो भने सञ्चालन महासचिव शिवराज श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया