डा. खालिद हुसैन हक
डा.ज्ञान वहादुर श्रेष्ठ (अन्त्य एक युग पुरुषको
आगाह अपनी मौत से कोई बशर ( मनुष्य ) नही
सामान सौ बरस की है पल की खबर नही
२०४० साल चैत्र १२ गतेको स्वास्थ्य मन्त्रालयको नियुक्ति लिएर छाता चौक माथीको २५ बेड अस्पतालमा काम गर्न आउँदा क्लिनिकको लागि ठाउँ खोज्दा चतरा लाईन, हाई स्कूल अगाडी लाल वहादुर ताम्राकारको घरमा ध्यान पुग्यो । डा.ज्ञान बहादुर श्रेष्ठले आºनो निवास निर्माण गरेर तत्कालीन थाना मुनि भर्खरै सरेका थिए र वहां ले वर्षौ देखि संचालन गर्दै आएका चतरालाईनको भाडाको घर खाली भएको थियो । लाल वहादुर ताम्राकार मेरो पिता जियाउल हकका मित्र थिए
धरान ५ का भग्वान थापालार्ई लाल वहादुर ताम्राकारसँग कुरा गर्न लगाएर रु १२५० मासिक तिर्ने गरी डा.ज्ञान वहादुर श्रेष्ठले खाली गरेको क्लिनिक मा मैले निजी क्लिनिक संचालन गर्न आरम्भ गरे । उहाँले खाली गरेको क्लिनिकमा विरामीले जचाउने बेडमा चढ्ने काठको सानो भ¥याङ ( सिढी ) र दुई काटुन खाली सिसी ( सुई लगाएर खाली भएको औषधी बोतल ) मैले पाएकोमा त्यो भ¥याङ आज पनि मेरो क्लिनिकमा प्रयोग हुदै आएको छ । त्यस कालमा मेरो क्लिनिकको ठेगाना साथी भाई र विरामीहरुलाई बताउन अत्यन्त सजिलो भएको थियो, डा.ज्ञान वहादुरले पहिला गरेको क्लिनिक, क्लिनिक भवन भन्ने वित्तिकै सबैले बुझि हाल्ने र वहालाई नभेटि कनै वहाको नाम मैले लिइ रहने र एउटा सम्बन्ध स्थापित भएको थियो । विरामीहरुले मलाई जचाउन आउदा वहाको नाम लिएर वहा“ जस्तै जाँची दिन र एकै पटकमा चट्टै निको हुने औषधी दिन आग्रह गर्दथे । मेरो लागि एउटा अचम्मको परिक्षा थियो विरामीहरुको चित्त बुझाउन र वहाँको जस्तै उपचार गर्न । धरान अस्पतालमा काम गर्दै जादा डा.ज्ञान वहादुरसँग मेरो भेटघाट र मित्रता भयो । वहाको भद्र व्यवहार र शालीन स्वाभाव ले म अत्यन्त प्रभावित भएर वहाको
वरिष्ठतालाई कदर गर्दै वहालाई मैले “सर” भनेरै सम्बोधन गर्थे । डा.तपनको क्लिनिक अस्पतालको नजिक भएकोले तपन र
मेरो भेटघार लगभग हरेक साझ नै हुने गर्दथ्यो र वीच वीचमा हामी तीन जनाको पनि जमघट हुन्थ्यो । सामान्य घरायसी भेटघाट, चाडपर्व, इर्द, वक््रmईद, दशै तिहार, जन्म दिन र वैवाहिक बर्षगांठहरुमा हाम्रो भेट भइरहन्थ्यो । ईदको साझमा डा.ज्ञान वहादुर नलिनी भाउजु सहित अस्पताल क्वाटरमा आएको र ईदको परिकार सेवन पछि बच्चाहरुलाई ईद्दि (रुपैया पैसाको उपहार ) दिएको मलाई आज पनि सम्झना छ । डा.ज्ञान वहादुर श्रेष्ठले तत्कालिन व्रिटिश मिलिटरी अस्पताल ( घोपा क्याम्प अस्पताल ) र नेपालको सरकारी अस्पतालमा समेत केही वर्षको सेवा पछि धरान बजारमा पूर्णकालीन निजी क्लिनिक संचालन गर्ने पहिलो एम वी वी एस स्तरका चिकित्सक थिए । वहाले लन्डनबाट डी टी एम एच
( डिप्लोमा ट्रपिकल मेडिसीन ) पनि
गरेका थिए र नेपाल मेडिकल काउन्सीलमा दर्ता प्राप्त चिकित्सक थिए । वहाले निजी क्लिनिकबाट सेवा प्रदान गर्ने एउटा आदर्श सेवा प्रदायकको रुपमा आफुलाई स्थापित गरेका थिए र वहाको मोडेल नै हामी अन्य चिकित्सकहरु डा.तपन तरफदार, डा.हरी शर्मा र मैले समेत पछ्याउदै निजी क्लिनिकबाट सेवा प्रदान गर्दै आएका छौ । वहाको कार्यकालमा वहाले विरामी, विरामीका आफन्त र साथीभाइहरुका वीचमा सबभन्दा आकर्षक पक्ष वहाको मीठो बोली र स्नेहपूर्ण व्यवहार रहेको थियो । वहासग फोनमा वा भेटघाटमा कुरा हुदा वहाले हरेक पटक घर परिवारका प्रत्येक सदस्यहरुका बारेमा पटक पटक सोध्ने र अनेकौ पटक त्जबलप थयग(त्जबलप थयग, धन्यवाद दिने वहाको बानी रहेको थियो । विभिन्न समयमा तनावपूर्ण हुदा पनि वहाको मीठोे व्यवहारमा कुनै परिवर्तन आउदैनथ्यो । वहाको यही मीठो व्यवहारले हामीले वहालाई एउटा आदर्श चिकित्सकको रुपमा हेर्ने गरेका थियौ ।
२०५० साल पछि मैले मुटु र छाती
रोगको स्नातकोत्तर अध्ययन पश्चात एक पटक पुनः आºनो क्लिनिक धरानको पुतली लाईन हुदै चतरालाईनमा २०५३ साल देखी स्थायी रुपमा संचालन गर्न थाले । त्यस बेला डा.ज्ञान वहादुर श्रेष्ठ रोटरी क्लबका भूत पूर्व अध्यक्षको हैसियतले समाजमा सक्रिय थिए । रोटरी इन्टरनेशनलको पोलियो रोग उन्मूलनको कार्यक्रममा उहाँ अत्यन्त सक्रिय भएर लागेका थिए, विभिन्न ठाउँहरुमा हुने पोलियो बारे सभा सम्मेलनमा भाग लिन र खोप संचालनका दिन वहाँको सक्रिय सहभागिता उल्लेखनीय रहने गर्दथ्यो ।
धरानमा निकै जना चिकित्सकहरु रहेको र नेपाल चिकित्सक संघको शाखा नरहेको र हामी चिकित्सकहरु विराट नगर स्थित नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा मा आवद्ध थियौ । डा.ज्ञानवहादुर,डा.तपन
तरफदार,डा.हरि शर्मा,डा.प्रहलाद कार्की र मेरो संलग्नता र पहलमा हामी धरानमा नेपाल चिकित्सक संघ धरान शाखा कार्यालय स्थापित गर्न सफल भयौ । धरान शाखा संस्थाको पहिलो अध्यक्षको रुपमा डा.ज्ञान वहादुर श्रेष्ठको वरिष्ठताको कदर स्वरुप वहालाई निर्विरोध चयन ग¥यो । उहांको हैसियत संस्थापक अध्यक्षको रुपमा सदैव कायम रहने छ । स्वास्थ्य सेवा करको दायरामा हामी चिकित्सकहरुलाई ल्याउन सरकारले पहल गरेपछि त्यसको विरोध र निजी क्लिनिक संचालन गर्ने हरुको आपसी हक हीतमा कार्य गर्न संगठित हुने आवश्यकता ठानेर हामीले धरानमा सुनसरी स्वास्थ्यकर्मी संगठन, धरानको स्थापना
ग¥यौ । डा.ज्ञान वहादुर श्रेष्ठ यस संस्थाको पनि अध्यक्ष रहेका थिए ।
लगभग दुई वर्ष अघि दशैको विदाको बेला वहालाई अचानक हर्ट ब्लक ९ ज्भबचत दयिअप ० भन्ने रोगले च्याप्दा वहा अचेत भएका थिए, सौभाग्यले छोरा डां निकेश
राज श्रेष्ठ ( मुटु रोग विशेषज्ञ) घरमै उपस्थित थिए र तत्काल वहालाई
विराटनगर स्थित न्यूरो अस्पताल प¥याए र वहाँको शरीरमा पेस मेकर ( मुटुलाई चलाइ रहने मेसिन) जडान गरे । त्यस घट्ना पछि वहालाई आराम गर्ने सल्लाह दिएको थियो र लगभग बर्ष दिन वहाले सक्रिय क्लिनिक संचालन र अन्य कामबाट विश्राम लिनु भएको थियो । सधै काम गरिरहने र विरामीहरुको वीचमा बसिरहनेलाई एका एक केही नगरीकन समय विताउन कती गाहे हुन्छ, यो ए्उटा व्यस्त व्यक्ति–व्यक्तित्वले मात्रै आभास गर्न सक्छ । वहाँले सिमीत मात्रामा विरामी जाच्न र समय व्यतित गर्न हामी सबैले सल्लाह दिएका थियौ र वहाले केही समय फेरी क्लिनिक सेवा आरम्भ गरेका थिए । केही महिना पछी वहाँको शरीरमा रहेको प्यान्क्रियाज ( पेटभित्र खाना पचाउने र इन्सुलीन बनाउने ग्रन्थी ) को क्यान्सरको खवरले हामी इष्टमित्रलाई निकै दुखी र निराश पा¥यो । तर हाम्रो भेटघाटमा डा.ज्ञान वहादुरको व्यवहार र बोलचालमा कुनै निराशाको भाव नदेखिने र अत्यन्त सहज भावमा वहा प्रस्तुत हुने गर्दथे । अझ भेट्ने साथीहरुलाई अत्यन्त हर्षका साथ समय दिने र फेरी फेरी भेट्न आउन आग्रह गर्ने गर्दथे । अन्यत्यमा मृत्युको
कारण अन्य रोग ब्रेन स्ट्रोक र ब्रेन ह्यामरेज हुन पुगेको रहेछ वहाको स्ट्रोकको समाचार र सी टी स्क्यानको रिर्पोट र रोगको गम्भीरताले हामी सबैलाई निकै निराश तुल्याएको थियो र अल्प समयभित्रै वहाको निधनको समाचारले समस्त ईष्टमित्र, नातागोता सहयात्री साथी र समस्त धरानबासी हरुलाई स्तब्ध एवंम दुखित तुल्यायो । यसरी वहाको एउटा इतिहासिक जीवनको अन्त्य भयो ।
जाने वाले कभी नही आते जाने वाले की याद आती है ।
