भारतको १७ औै लोकसभाको चैत्र २८ गतेदेखि हुने निर्वाचनमा नेपाल–भारत सीमा तीन दिन सम्म बन्द हुने फागुन ५ र १६ गते बीरपुर र धनुषामा भएको दुई देशका अधिकारीबीचको सहमति अनुसार संयुक्त सुरक्षा गस्ती परिचालन

धरान÷यतिबेला सुनसरी जिल्लाको नेपाल–भारत सीमावर्ती क्षेत्र हरिपुर, रामनगर भुटाहा, हरिनगर, बसन्तपुर, पश्चिम कुसाहा, कप्तानगञ्ज, जल्पापुर, सीतागञ्ज लगायतका स्थानमा दुवै देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती शुरु भएको छ ।
यही चैत्र २८ गते देखि हुने भारतको १७ औं लोकसभा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर संयुक्त सुरक्षा गस्ती शुरु भएको हो । सीमा क्षेत्रमा संयुक्त सुरक्षाकर्मी परिचालन गर्न गत फागुन ५ गते सुनसरीसँग सीमा जोडिएको भारतको वीरपुर र फागुन १६ गते धनुषाको जनकपुरमा दुवै देशका पदाधिकारी, सुरक्षाकर्मीहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार संयुक्त सुरक्षाकर्मी परिचालनसँगै ७२ घण्टा सीमा शील गर्ने सहमति भएको थियो ।
सुनसरीका प्रहरी प्रमुख एवम् एसपी राजन अधिकारी भन्नुहुन्छ अहिले दुवै देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती शुरु भइसकको छ । निर्वाचन हुनुभन्दा दुई दिन अगाडि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कडाइका साथ गस्ती शुरु भएको छ । विहारमा २१ अप्रिल देखि २३ अप्रिलसम्म अर्थात वैसाख ८ गतेदेखि १० गतेसम्म निर्वाचन छ । त्यो समय बोर्डर शील हुन्छ । अप्रिल २१ को विहान ६ बजे देखि बेलुकासम्म बोर्डर शिल हुन्छ । उताबाट केही सूचना आयो अर्थात कुनै अपराध गरेर कोही यता आएको जानकारी भएमा हामी त्यसलाई कडाइका साथ निगरानी गर्छौ । अहिले बोर्डरमा सवारी साधन, मानिसको आउजाउलाई कडाई गरेका छौं । गाडी र व्यक्ति इन्ट्रीमा कडाई, मदिरा पसलहरु बन्द गराउने काम गरिरहेका छांै । अहिलेसम्म कुनै अपराधका घट्ना भएको छ छैन भन्ने सवालमा एसपी अधिकारी भन्नुहुन्छ छैन । नेपालका तर्फबाट कति सुरक्षाकर्मी परिचालित छन भन्ने सवालमा उहाँ भन्नुहुन्छ १४ वटा प्रहरीको युनिट र ९ वटा सशस्त्र प्रहररीको युनिट परिचालित भएका छन् । यसका अलावा जिल्लाबाट डिएसपीको कमाण्डमा समेत सुरक्षाकर्मी परिचालित हुन्छन्, आवश्यक परेको अवस्थामा जिल्लाबाट थप  सुरक्षाकर्मी परिचालित हुन्छ । युनिट युनिटको आ–आफ्नो क्षेत्र वा एरिया हुन्छ । चुनाव लक्षित सुरक्षाकर्मी जुन परिचालन भएको छ यो प्राथमिकतामा छ । दैनिक ल एण्ड अर्डरको कुरा त आफ्नै ठाउँमा छ । परिस्थिति बस आउने चुनौतिलाई हेरेर हामी प्राथमिकता निर्धारण गर्र्छौ । अहिले हाम्रो प्राथमिकता भारतको लोकसभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सहयोग पु¥याउने हो । अहिलेसम्म सुरक्षाको अवस्था एकदमै रामो छ । हाम्रो चुनाव लक्षित सुरक्षाकर्मी परिचालन भएपछि अन्य अपराधिक घट्नाहरु पनि नियन्त्रण भएको छ । हाम्रो अभियानलाई स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले सहयोग पु¥याउनु भएको छ ।
भारतको १७ औं लोकसभाको यसपटकको निर्वाचन सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचनले  भारतको राजनीतमा उतार चढाव ल्याउने राजनैतिक विश्लेषकहरुले अनुमान गरेका छन । लोकसभाको निर्वाचको परिणामले भारतले आगामी सन् २०२४ सम्मको प्रधानमन्त्री पाउने छ । यतिबेला प्रधानमन्त्रीको दौडमा वर्तमान प्रधानमन्त्री एवम् भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदी र काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट राहुल गान्धीलाई भावि प्रधानमन्त्रीको रुपमा भारतीय जनताले हेरेका छन् । चैत्र २८ गते अर्थात अप्रिल ११ मा शुरु हुने चुनाव जेष्ठ ५ गते (मे १९) सातौ तथा अन्तिम चरणको हुनेछ । वैसाख ५ गते (अप्रिल १८), वैसाख १० गते  (अप्रिल २३) वैसाख १६ (अप्रिल २९) वैसाख २३ गते (मे ६), वैसाख २९ गते (मे १२) र जेष्ठ ५ गते (मे १९) तारेखमा गरी सात चरणमा चुनाव हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । भारतमा हुने निर्वाचनले नेपाललाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पोर्ने गरेको छ । निर्वाचन हुने दिन सहित ७२ घण्टा सीमा नाका बन्द हुने हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामानदेखि विरामी बोकेका एम्लुवेन्स दुवै देशका सुक्षाकर्मीको समन्वयमा आवात जावत गर्ने बाहेक अन्य सबै आवतजाजत ठप्प हुन्छ  । नेपालमा दाल, चामल, तेल, हरियो  तरकारी,औद्योगिक कच्चा पदार्थजस्ता दैनिक उपभोग्य सामान सबैमा नेपाल भारतमै निर्भर रहेको छ ।

कुन कुन दिन सीमा नाका बन्द ?
लोकसभाको निर्वाचन सकिनु भन्दा अगाडि ७२ घण्टा सीमा नाका बन्द गरिन्छ । दुवै देशका सुरक्षा समितिको वैठक बसेर सीमा नाका बन्द गर्ने प्रचलन छ । चुनावका बेला अपराधिक घुसपैठ नहोस् भनेर दुै देशमा चुनाव हुँदा हालसम्म यस्तो व्यवस्था गरिदै आएको छ ।
पूर्व, पश्चिम र दक्षिणतर्फबाट नेपालसँग भारतीय सीमा जोडिएको छ । भारतको सातवटा केन्द्र शासित र २९ वटा प्रदेश गरी ३६ प्रदेशमा अप्रिल ११ देखि चुनाव हुन लागेको हो । त्यसमध्ये भारतका पाँच प्रदेशँग नेपालको सीमा जोडिएको छ । पूर्वी नेपालको पाँचथर र ताप्लेजुङ्ग, भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । झापा र इलाम पश्चिम बंगालसँग सीमा जोडिएको
छ । झापा देखि चितवनसम्म विहार प्रदेशको सीमा जोडिएको, नवलपरासीदेखि कञ्चनपुरसम्म उत्तर प्रदेश र कञ्चनपुरदेखि पश्चिम उत्तर प्रदेशको दार्चुला उत्तराखण्डसँग सीमा जोडिएको छ ।
यी पाँच वटा प्रदेशमध्ये सिक्किम र उत्तराखण्डमा पहिलो चरणमा अर्थात चैत्र २८ गते (अप्रिल ११) मा चुनाव सम्पन्न हुने भएको छ । पश्चिम बंगाल, विहार, उत्तर प्रदेशमा भने सातौ चरणमा चुनाव सम्पन्न हुने भएको छ । चुनावलाई मध्यनजर गर्दे चैत्र २६ गतेदेखि नै सीमा नाका बन्द हुने भएको छ ।  अर्थात पहिलो चरणमा २६, २७ र २८ गते चैत्रमा सीमा नाका बन्द हुन्छ । यसैगरी वैसाख ५ गते (अप्रिल १८) मा हुने दोस्रो चरणको चुनावका लागि वैसाख ३, ४ र ५ गते, वैसाख १० गते (अप्रिल २३) मा हुने तेस्रो चरणको चुनावका लागि वैसाख ८,९ र १० गते सीमा नाका बन्द हुनेछ । वैसाख १६ गते
(अप्रिल २९) मा हुने चुनावका लागि वैसाख १४, १५ र १६ गते, वैसाख २३ गते (मे ६) का हुने चुनावका लागि वैसाख २१, २२ र २३ गते र २९ गते एवम् जेष्ठ ५ गते (मे १९) मा हुने अन्तिम एवंम् सातौ चरणको चुनावमा जेष्ठ ३, ४ र ५ गते सीमा नाका बन्द हुन्छ । पहिलो चरणमा हुने भारतीय लोकसभा चुनावमा भारतसँग सीमा जोडिएका सबै नाका बन्द हुन्छ भने दोस्रोदेखि सातौ चरणको चुनावमा उत्तरा खण्ड र सिक्किमसँग जोडिएका नाका खुल्ला हुने भएका छन् । सात चरणमा हुने निर्वाचनमा यस पटक १ अर्ब ३ करोड भारतीय जनताले मताधिकार प्रयोग गर्नेछन् भने निर्वाचनको मत परिणम मे २३ मा सार्वजनिक गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया