धरानका प्रतिष्ठित चिकित्सक श्रेष्ठको निधन

धरान÷धराने जनताबीचमा अत्यन्तै लोकप्रिय मानिनु हुने, समाजिक क्षेत्रमा समेत सक्रिय रहनु भएका धरानका प्रतिष्ठित चिकित्सक डा. ज्ञानबहादुर श्रेष्ठको आइतबार ७६ बर्षको उमेरमा निधन भएको छ ।
केही समय यता देखि अस्वस्थ रहनु भएका श्रेष्ठको तीन बर्ष अगाडि अचानक मुटुको समस्या देखिएपछि पेस मेकर लगाइएको थियो । आफू अस्वस्थ भए पनि धराने जनताको उपचारमा अहोरात्र खटिनु हुने डा. श्रेष्ठलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार उपचारार्थ पु¥याइएको थियो । डा. श्रेष्ठ मुटु र प्याङ्गक्रियाजको क्यान्सरबाट समेत पीडित भए पनि उहाँको निधन ब्रेन ह्याग्रजबाट भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डा. श्रेष्ठका बारेमा प्रा.डा. राजेन्द्र पोख्रेल (शर्मा) ले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ । वि.सं. २०२९ जेष्ठ २८ गते एउटा बालक छातचौक मुन्तिर सडक दुर्घटनमा प¥यो । धरान नगर पञ्चायतका प्लम्बर नरबहादुर लिम्बुले घाइते बालकलाई बोकेर हतार हतार धरान अस्पताल पु¥याए । गरिब अस्पतालसंग उपचारको साधन थिएन । त्यसैले त्यति बेलाका डाक्टर छत्र अमात्यले प्राथमिक उपचारपछि घाइतेलाई वृटिश  मिलीटरी हस्पिटल (द्यज्ः) धरान पठाइदिनु भयो । विएचएममा त्यस बालकको दाहिने हात काट्नु प¥यो । होस खुलेपछि त्यस बालकले देखेको पहिलो डाक्टर हुनुहुन्थ्यो ज्ञानबहादुर श्रेष्ठ । समयमा हात नकाटिदिएको भए अत्याधिक रक्तश्रावले बालकको ज्यान जान सक्थ्यो । ीषभ कबखष्लन त्चभबतmभलत थियो यो उसका लागि  । आज उनै जीवनदायक डाक्टरको दुःखद् निधनमा भारी मन पारेर, शवयात्रा र अन्त्येष्ठीमा सहभागी भएर आयो  त्यो बालक । (त्यो बालक स्वयम् राजेन्द्र शर्मा नै हुनुहुन्थ्यो ) ।
डा. श्रेष्ठले आफ्नै घरमा खोलिएको क्लिनिक, व्रिटिश मिलिटरी हपिटल हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वृटिश वेलफेरमा रहेर विरामीहरुको उपचार गर्नुभएको थियो । वि.सं. २००० साल फागुन १६ गते जन्मनु भएका डा. श्रेष्ठको आइथबारै अन्त्येष्टी गरिएको थियो । उहाँका एक छोरा डा. निकेश श्रेष्ठ, विराटनगर स्थित न्यूरो हस्पिटल, बुहारी डा. शैलाजा बीपी प्रतिष्ठान र अर्का छोरा अमेरिका
रहेको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया