धरानको जिरो प्वाइन्टमा भयानक दुर्घटना ः दुर्घटनामा परी चार जनाको मृत्यु

धरान÷धनकुटाको ६ नम्बर बुधबारेबाट धरानतर्फबाट आउदै गरेको यात्रुवाहक बस धरानको जिरोपोइन्टमा दुर्घटना हुदा ५ महिनको नाबालिक सहित ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी  बस चालक धरान १५ का चक्रबहादुर गुरुङ , मोरङ्गे केराबारी ९ का यामकुमारी मगर र उनकी ५ महिनाकी छोरी डिना मगर   धनकुटाको चौबिसे गाउँपालिका १ का ५७ बर्षीय दलबहादुर मगरको मृत्य भएको छ ।
बुधबारेबाट विहान ८ वजे धरानको लागी हिडेको ना ६ ख २७१३ नम्बरको वस दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको विजयपुर अस्पताल र अन्यको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।  तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशंकर साहले वताउनुभयो ।
दुर्घटनमा परी घाइते हुनेहरूमा इटहरी ५ का २४ वर्षीया दिवा सुवेदी, धनकुटा चौविसेकी ३० वर्षीया शान्ता तामाङ, धनकुटा साँगुरीगढी–६ भेडेटारकी ४ वर्षीया प्रियका विक, धनकुटा चौबिसेकी ५ वर्षीया लजिता मगर, २० वर्षीया मिनराज मगर र ४० वर्षीया धर्मकुमारी मगर, धनकुटा कुरूले–३ का २५ वर्षीय भक्तकुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ वर्षीया सुस्मिता लिम्बू, २ वर्षीया छोरी नुम्मा लिम्बू पनि घाइते भएका छन् । धनकुटा मुढेबास वडा नं ८ की २० वर्षीया सीता मगर, मोरङ केराबारी–५ की ११ वर्षीया आताना तामाङ, धनुकटा साँगुरीगढी–५ का एकै परिवारका तीनजना घाइते भएका छन् ।
त्यस्तै घाइते हुनेहरूमा ४७ वर्षीय जंगीप्रसाद राई, ३६ वर्षीय बुद्धमाया राई र ७ वर्षीया छोरी विविशा राई , धनकुटा खुवाफोकी ३२ वर्षीय सोमा लिम्बू, ५ वर्षीय सिकेन लिम्बू, मोरङका १३ वर्षीय दीपेन लिम्बू, धनकुटा चौबिसेकी २२ वर्षीया सुनिता मगर, सुनसरी महेन्द्रनगर–२ का १८ वर्षीय कुशल लिम्बू, सुनसरी इटहरी–१९ तरहराकी १८ वर्षीया अनु श्रेष्ठ, धनकुटा चौबिसे वडा नं १ की ५ वर्षीया रोजिता मगर, ३८ वर्षीया धर्मकुमारी अधिकारी, धनकुटा साँगुरीगढी वडा नं ६ की ५९ वर्षीया धनमाया विक, धनकुटा चौबीसे वडा नं १ का ३० वर्षीय मिनराज मगर, प्रेमकुमार मगर, तेह्रथुम फाक्चामाराकी २० वर्षीया सुस्मिता सम्वाहाम्फे, नुमाफुङ लिम्बू, धनकुटा डाँडाबजारका ४७ वर्षीय जंगीप्रसाद याख्खा, ३६ वर्षीया बुद्धमाया याख्खा, पाँचथरका तेजबहादुर लिम्बू रहेको छन् भने अन्य घाइतेहरूमा धरान–१७ का नविन श्रेष्ठ, रैजिता राई लगायत रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।  धरानको जिरोपोइन्ट भन्दा ५ सय मिटर माथि नै गाडीको वे्रक फेल भए पछि जोगाउन खोज्दाखोज्दै गाडी विजुलीको पोलमा  ठोकिएर दुर्घटना भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका घाइते तेज कुमार लिम्बुले वताउनुभयो ।
चालकले जोगाउन निकै कोशिस गरेको भए पनि नसकेको वताउदै लिम्बुले आफु मरेर भएपनि अरुलाई बचाएको वताउनुभयो ।  गाडीको व्रेक फेल भएको कारण दुर्घटना भएको उहाको भनाई छ ।  यस अघि पनि २०५८ सालमा सोही स्थानमा दुर्घटना हुदा १३ जनाले ज्यान गुमाएका थिए ।

 

तपाईको प्रतिक्रिया