इटहरी÷विगत २० बर्षदेखि आफ्ना ग्राहकहरुको मन जित्न सफल गोरखा डिपार्टमेन्ट स्टोरले हालै सञ्चालनमा ल्याएको जापानिज ब्राण्डका विश्वस्तरीय प्रसाधनका सामाग्रीमा युवा युवतीहरुको मात्र नभएर बृद्ध बृद्धाहरुसम्मको भीड लाग्ने गरेको छ ।
पूर्वाञ्चलका ग्राहकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको जापानिज ब्राण्डका प्रशाधनका सामाग्रीहरु एउटै छानामुनी पाउँदा पारखीहरु दंग छन् । सेभेन लेभेन टाइपको मिनी सो गोरखा डिपार्टमेन्टले पूर्वाञ्चलमै पहिलो पटक
विराटनगरको सेन्ट्रल प्लाजाको ग्राउन्ड फ्लोरमा सञ्चालनमा ल्याएको हो ।
जापानिज प्रशाधनका सामाग्रीको नेपालमा मात्र नभएर विश्वव्यापी माग रहेको छ । जापानिज प्रशाधन सामाग्रीको पूर्वाञ्चलका आधिकारिक विक्रेता समेत रहेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर प्रशाधन अर्थात सम्पूर्ण कस्मेटिक आइटम, गिÏट आइटम, किचन वेयर, इलेक्ट्रोनिक्स, अण्डरवेयर, सुविधायुक्त ब्रा, सÏटवेज लगायतका झण्डै १० हजार सामाग्री भएको मिनी सो सञ्चालनमा एक महिना अगाडि विराटनगरमा
उद्घाटन भएकोे हो । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुले जापानिज ब्राण्डका यस्ता सामानको सोधी खोजी गर्ने गरेका थिए । उनीहरुले त्यस्ता सामानहरुको माग गर्दै आएका थिए । यस्ता सामानको मात्र छुट्टै मिनी सो सञ्चालनमा ल्याउँदा उपयुक्त हुने सोचले हाल विराटनगरमा सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।
अत्यन्तै आकर्षक सम्पूर्ण सुविधायुक्त विराटनगर स्थित सेन्ट्रल प्लाजाको दुई हजार स्क्वायर फुटमा सञ्चालनमा ल्याइएको मिनी सो यतिबेला नेपालका मात्र नभएर भारतका ग्राहकहरुको समेत भीड लाग्ने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । हाल प्रदेश न. १ को राजधानी विराटनगरमा सञ्चालनमा आएको मिनी सो
राजधानी काठमाण्डौमा समेत नभएको गौतमले जानकारी दिनुभयो । मिनी सोका आफ्नै विशेषताहरु रहेका छन् । यसको सबैभन्दा ठूलो विशेषता भनेको इन्टरनेशनल बार कोड (क्ष्लतभचलबतष्यलब िद्यबचअयम) नै हो । जसको माध्यमबाट ग्राकहले छानेका समानहरुको मूल्य, क्वालिटी चेकसँगै सामानको स्क्यान गरेर अटोमेटिक विलिङ्ग गर्छ । जसले गर्दा ग्राहकहरु क्वालिटी र मूल्यमा ठगिने छैनन् । बारकोड सिस्टमबाट सामानको क्वालिटी चेक, प्राइसको निर्धारण गर्ने प्रणाली हालसम्म पूर्वाञ्चलमा कही पनि नभएको म्यानेजर गौतमको कथन छ । मिनी सोको अर्को प्रमुख विशेषता भनेको सोरुममा प्रवेश गरेका सम्पूर्ण ग्राहक सिसी क्यामेराको निगरानीमा रहने गर्छन् । मिनी सोबाट बाहिर निस्कदा गेटमा छुट्टै स्क्यानको व्यवस्था गरिएको छ । गेटमा जडान गरिएको स्क्यानरले कथंकदाचित सामानको विलिङ्ग नगरी बाहिर निस्कन खोजेमा त्यसले तुरुन्तै संकेत गर्छ । डिपार्टमेन्ट स्टोरले अत्याधुनिक मिनी सोसँगै थप रोजगारको अवसर समेत सिर्जना गरेको छ ।
डिपार्टमेन्ट स्टोरको समय बढाइयो
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राखेर साविकको समय भन्दा एक घण्टा ढिलो स्टोर बन्द गर्ने निर्णय गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ हामीले हाल एक घण्टा समय बढाएका छौं ।
समयको बढोत्तरीसँगै १० प्रतिशत सम्म छुटको व्यवस्था समेत स्टोरले गरेको उहाँले बताउनुभयो । किचनमा साँझ ६ बजे पछि पुगेका ग्राहकहरुले लोकल खाना र पेय पदार्थ बाहेकका समानमा १० प्रतिशत छुट पाउने भएका छन् । यसैगरी साँझ ७ बजेपछि ५ देखि १० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । हरियो सागपात, फलफूल लगायतका समानमा समेत ७ बजेपछि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । हाल डिर्पामेन्ट स्टोर रातको ८ बजेसम्म सञ्चालन हुन थालेको छ । यो समय ग्राहकको माग बमोजिम पुनः बढाउन सकिने पनि प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै
गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन
गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको
बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण
हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन् ।
बेवि आइटममा अभिभावकस“गै बालबच्चा
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउँछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्तै हलुका कपडा छान्नेहरु तँछाडमछाड गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हे¥यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसँगै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिँड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाँस्दै थिइन् ।

