कुम्भ मेलाले चतरा धार्मिक पर्यटकीय महत्वको स्थल बन््दै

धरान÷कुनै बेला स्मसनघाटको रुपमा मानिएको बराहक्षेत्र नगरपालिकाको चतरा केही बर्षदखि धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित हुदै गएको छ ।
सुनसरी तथा मोरङका मानिसको मत्यु भयो भने हिन्दु धर्म अनुसार अन्त्येष्टी गर्न कोशी नदीको तटमा पु¥याइन्छ र अहिले पनि त्यो निरन्तर चलिरहेको छ । तर नेपालका प्रथम जगतगुरु अनन्त श्री बालसन्त मोहननशरण देवाचार्य तथा अर्का विद्वान महासन्त कृष्णदाश महाराजले कौशिकी नदीको क्षेत्र, प्राचीन हरिद्वारा क्षेत्रको विकासका लागि प्रयास गरेपछि भने विस्तारै यो धार्मिक पर्यटकीय क्षेत्र बन्दै  गएका हो ।
०६९ साल अगाडि कुम्भ मेलाका लागि नेपालीहरु भारत नै जानुपर्ने अवस्था थियो । धार्मिक महत्व बाकेको कोकाहा नदी, प्राचीन हरिद्वारक्षेत्र
चतरामा स्कन्द पुराण र १८ पुराणमा उल्लेख भए पनि यसको विकासमा न त राज्य लाग्यो न त स्थानीयहरु नै लागे । यसलाई प्राचीन धार्मिक क्षेत्रको रुपमा चिनाउन यी दुई सन्तहरुले प्रयास अगाडि सारेसंगै यस क्षेत्रको विकास विस्तारै हुदै गएको हो ।
बराहक्षेत्रमा चारधाममध्ये बराहक्षेत्र धाम रहेको छ । यहाँ नेपाल तथा भारत लगायतका सनातन धर्मालम्बीहरु आउने गर्छन् । यस क्षेत्रको महत्वलाई बुझेर बालसन्त मोहनशरण देवाचार्यले ०६९ सालदेखि कुम्भ मेलाको आयोजना गरेपछि नेपालका प्रमुख व्यक्तित्वमात्र हैन भारत लगायत अन्य देशका प्रमुख व्यक्तित्वहरुको आगमन समेत बाक्लिएको छ ।
कुम्भ मेला आयोजना हुन थालेपछि नेपालका विभिन्न निकाय तथा प्रशासनिक निकायका महत्वपूर्ण व्यक्तित्वहरुको आगमन हुनुले यसको विकासमा ठूलो महत्व राख्ने गरेको बताइन्छ । शनिवार अर्धमहाकुम्भ मेलाको समुद्घाटनका क्रममा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले नेपाल तथा भारतका प्रख्यात व्यक्तित्वहरुको आगमनले यसका महत्व अझ बढाउदै गएको बताउनुभयो ।
विगतको स्मस्नघाटलाई कृष्णदाश महाराज र बालसन्तले चासो दिएसंगै अहिले संघ, प्रदेश र स्थानीय सरकारले चासो दिन थालेका छन् । यो क्षेत्र एक नं. प्रदेशकै मात्र हैन यसको धार्मिक पहिचानलाई जीवन्त राख्न सके विश्वकै सनातन धर्मालम्बीहरुको धार्मिक क्षेत्र बन्न सक्ने प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले बताउनुभयो ।
यस क्षेत्रका विकासका लागि स्थानीयदेखि लिएर तीन सरकारले ध्यान पु¥याउनुपर्ने  सन्त महासन्तहरुले बताएका छन् । ६ बर्ष अगाडिदेखि
निरन्तर लाग्दै आएको कुम्भ मेलामा देश तथा विदेशबाट करोडौ भक्तजन आउने भएकोले पनि यसमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बालसन्त मोहनशरण देवाचार्य तथा कृष्णदाश महाराजको भनाई छ ।
प्रदेश सरकारले यस क्षेत्रको विकासका लागि जल पर्यटनसँगै यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर एक नं. प्रदेशको धार्मिक पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य अगाडि सारेको छ । यदि यसले सार्थकता पायो भने विगतमा स्मसनघाटको उपमा पाएको चतरा विश्वमै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित हुनेमा दुई मत छैन । यसका लागि कुरामा मात्र हैन सरकारले काम गरेर देखाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया