राष्ट्र संघ मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी

न्युयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालको मिथिला क्षेत्रका चित्रकलाको प्रदर्शनी सुरू भएको छ ।
संयुक्त राष्ट्र संघका  लागि नेपालको स्थायी नियोग र मिथिला फेस्टिभल अमेरिकाको संयुक्त आयोजनामा सोमबारदेखि युएन मुख्यालयमा ‘दीगो विकास लक्ष्यका लागि कला ः मिथिला सम्पदा’ प्रदर्शनी सुरू गरिएको हो ।
प्रदर्शनीको उद्घघाटनमा बोल्दै राष्ट्र संघका लागि नेपाली राजदूत अमृतबहादुर राईले मिथिला कलाको वैभव र दीगो विकास लक्ष्यमा यसको प्रयोग देखाउनु प्रदर्शनीको उद्देश्य
रहेको बताए ।
प्रदर्शनीका लागि अमेरिका पुगेका जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले प्रदर्शनी समयसापेक्ष र सान्दर्भिक भएको बताए ।
‘मिथिला चित्रकलाले दिगो विकासमा हाम्रो प्रतिवद्धता मात्र होइन हाम्रो समूदायको साँस्कृतिक आधारलाई पनि दर्शाउँछ,’ साहले भने ।
जनकपुरको महिला विकास केन्द्रका कलाकार र  न्युयोर्क बस्ने अजितकुमार साहले बनाएका दीगो विकासका १७ लक्ष्य, मिथिलाको प्रेम, प्रकृति, सद्भाव र सुन्दरता झल्काउने चित्रहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । (स्रोत ः सेतो पाटी)

तपाईको प्रतिक्रिया