घण्टाघरबाट हेर्दा

सिकेले दह«ो दिएछन्
स्वतन्त्र मधेश अभियान  त्यागेर मुलधारको राजनीतिमा आएका सिके राउतले अर्का राउत माने मुख मन्तरी लालबाबु राउतको धोती खुस्कने गरी उछित्तो काढेछन् । आखिरी वैज्ञानिक न परे । त्यो पनि लत्तरो ठाउँको हो र अम्रिंकाको नासाको । त्यसै हाम्रा पर्धानमन्तरी खप्रओले सिकेको प्रशंसा ग¥या त होइनन् नि । खाँटी मान्छे त हाम्रा पर्धानमन्तरी पहिल्यै चिन्छन् । अब हेरम न बारा पर्सामा टार्नेडो हावाको भुँवरीबाट दर्जनौले ज्यान गुमाए, हजारौ घाइते भए, सैयौ घरबार विहीन भए । यस्ता आपतका बेला मुखमन्तरी लालबाबु राउत अघिपछि सुरक्षे गार्ड लगाएर धोती सुर्कदै मजा मार्दै निरीक्षण गर्न निस्केछन् । त्यस्तो विपत्तिमा तिन्लाई सुरक्षे गार्ड किन चहियो ? नानी भन्दा आँची ठूलो भन्या यही हो । लौ तिनका बुद्धिले काम गरेन रे कमसेकम पीडितहरलाई यसो खानपिनको व्यवस्था त गर्न सक्थे । त्यो पनि गरेनन् । हेरे लखर लखर र्फिर्कए । अनि वैज्ञानिक राउतको कन्सिरी नतात्ने कुरै भएन । उनले प्वाक्क भन्दिएछन् चार करोडको भोज खुवाउन सक्नेले पीडितहरुलाई जाबो एकछाक भात खुवाउन सक्दैन ? त्यसपछि त मुखमन्तरी राउत बेपत्ता
राहतको बेइज्जत
नमरीकन स्वर्ग देखिदैन भन्थे हो कि क्या हो ? अब हेरम न बारा पर्सामा त्यत्रो धनजनको विनाशको खबर सुन्नासाथ प्रहरी स्कर्टिङ्गमा पुग्ने मन्तरी, नेताहरुले बडो स्याँठ पल्टिएर लाखौका राहतको घोषणा गरे । तर अहिलेसम्म फुट्टी कौडी झा¥या हैनन् । पीडितहरुका लागि के के न लछारपाटो लगाउलाँ झै राज्येको स्रोत साधन खर्च गरेर हस्याङ्ग फस्याङ्ग गरेर नेता र मन्तरी पुग्दा पीडितहरुले राम्रै राहत झर्ने आशा ग¥या थे । पर्धानमन्तरी खप्रओले हेलिकोप्टरको झ्यालबाट चियाएर राहतमा कुनै कसर बाँकी नराख्ने घोषना ग¥या थे, प्रचण्डाउले त प्रत्येक मृतकका परिवारलाई  पाँच÷पाँच लाख दिने भनेर भाषनै ठोके, लाँग्रेसका स्यालबहादुरले ड्याम्मै २५ लाख दिने भनेर भट्याए । यस्तै प्रदेश सरकार प्रमुखहरुले कसैले तीन करोड, कवोल गरे तर राहत भने हात्ती आयो हात्ती आयो पुस्सा । बरु उद्योगी, व्यापारी, सामाजिक सघ सस्थाहरुले यसो चाउचाउ र पानी बाडिदिए । त्यसैले विचराहरुको प्राण धानिएको छ । विचरा पीडितहरुले सरकार र नेताको बोलीमा विश्वास नि ग ¥या थेनन् । कि कसो हौ ?
सातसय एकसठ्ठी खुट्टे दुई खुट्टे सरकारको खुट्टा पलाएर यतिबेला सात सय एकसठ्ठी वटा पुग्या छ । खुट्टा पलाएको कुरा हाम्रा पर्धानमन्तरी खप्रओले नै अस्तिका दिन बताउनु भा’ हो । अबचाहिँ  मुलुकाँ केही होला होला जस्तो भा’छ । सरकारको सातसय एकसठ्ठी अरिमठ्ठे खुट्टा पाएको छ रे । त्यत्रा खुट्टा पलाएसी’ केही नहुने त कुरै भएन । त्यत्रा विधि खुट्टा पलाएसी सरकार गमक्क फुल्नु स्वभाविक हो । त्यसै पैधानमन्त्ररीले भन्या हैन नि सरकारको व्याक गियर छैन, अब भ्रष्टाचारीहरु भागभाग हुने गरी कारबाही गर्छु । यो सबै खुट्टाको कमाल हो ।
विचित्रबहादुरको गनगन
राष्ट्रिय जनमोर्चाका अध्यक्षे चित्रबहादुर केसी माने विचित्रबहादुर अली ज्यादै गनगने गर्न थाल्या छन् । कहिले सरकारले ल्याएको नागरिता विद्येयक तत्काल खारेज नगरे देशै रहँदैन भन्दै उफ्रन्छन् । कहिले अब राजा आउन कसैले रोक्न सक्दैन भनेर गफ चुट्छन् । पहिला पहिला सघीयताले देश टुक्रन्छ भन्थे । खै अहिले सम्म टुक्रिएको छैन । बरु प्रदेशका मन्त्रीहरुको चाकरी पुगेर होला संगुर जस्तै मोटाएका छन् । नागरिकता विद्येयकले कसरी देश रहँदैन हँ ? अनि सडक र मन्दिरहरु चहार्दैमा राजा आउने कुरा पनि भएन । थुतुनोमा जे आयो त्यही बोल्नु भएन नि विचित्रबहादुर जी । खप्रओको लोकतन्को अनुमान नभएर त्यसरी पो बोल्या हुन कि । कुन दिन सरकारलाई कन्सिरी तात्छ र विचित्रबहादुरको बोलीमा प्रतिबन्ध लगाइदिन्छ अनि चाल पाउला । अति गरे खति हुन्छ भन्या थाहा छैन ।  त्यत्रो शक्तिशाली सरकारका विरुद्धमा जे पायो त्यही बोल्नु त भएन पनि । अरुलाई चासो छैन विचित्रबहादुरलाई मात्र के को चासो ? घण्टाघरले त सुझाउ द्या मात्र हो । माने मान नमाने घण्टाघरलाई लुतो न कन्याई ।
गीत गाउदैमा फर्कदैन रे
स्याललाई दशा लाग्यो भने सहर पस्छ मान्छेलाई दशा लाग्यो भने त्यसको थुतुनो ज्यादै बर्बराउँछ भन्थे हाम्रा गामघरितिर बुढापाकाहरु । हो कि क्या हो । अब हेरम न प्रदेश नं. ४ का मुख्ये मन्तरी पृथ्वी सुब्बा गुरुङ्ग हिजो आज अलि ज्यादै बर्बराउन थाल्या छन् । मुख्ये मन्तरी भएर डकार्दे आएको सबै सुविधा चैट होला भन्ने डरले नै उनी हिजो आज बर्बराउन थाल्या रे । उन्ले अस्तिका दिन भन्या कसैले गीत गाउँदैमा राजतन्त्र फर्कदैन रे । गुरुङ्ग बाले भुसुक्कै विर्सेछन्  । पहिला सडकमा गीत गाएरै राजतन्त्र हँट्याथ्यो । यतिबेला गीत गाउनेहरु अहिले सत्ताको छाली चाटेर बस्या छन् । अब फेरि राजतन्त्र चाहियो भनेर सडकमा गीत गाउन शुरु भएसी’ राजतन्त्र फर्कने चिन्ताले विचरा बर्बराउन थाल्या छन् । यो मुलुकाँ सधै सडकमा उफ्रेर, गीत गाएरै परिवर्तन हुने गरेको तिन्ले कति चाँडो विर्सेका हँ ?
अब नेपाली कोही गरिब हु“दैनन्
अब नेपालाँ कोही गरिब नहुने भा’छन् । सप्पै नेपाली धनी हुने सुत्र प्रचण्डाउले फेला पा¥या छन् । आखिरी प्रचण्डाउ भन्या प्रचण्डाउ नै हुन् । प्रचण्डाउको तीन तोला सुन र एक कट्टा जग्गा जतिसुकै खर्च गरे पनि सिद्धिदैन । अमेरिका गएर उपचार गरे पनि सिद्धिदैन, पाँचतारे होटलमा गएर भक्कु हसुरे पनि सिद्धिदैन । बढो तिलस्मी सम्पत्ति छ प्रचण्डाउसँग  त्यसको राज उन्ले अहिले सम्म कसैलाई भन्या थेनन् । अब भन्लान भन्लान जस्तो छ, उनले । अस्तिका दिन उन्ले मुख खोलेरै भन्दिए अब नेपालमा कोही धनी र कोही गरीब हुँदैनन् । सबै बराबर हुन्छन् रे । प्रचण्डाउको यस्तो कुरा सुनेपछि नेपालालीहरु कम्ता दंगदाश छैनन ् । हुन त पर्धानमन्तरी खप्रओले पहिल्यै यस कुराको  संकेत  ग¥या थे । भात खान कसैले काम गर्नुपदैन ।
सरकारले ओछ्यानमै खाना पु¥याइदिन्छ । अब गरिब नेपालीहरुले खान र बाच्नकै लागि खाडी मुलुक धाउनु पर्दैन । बरु प्रचण्डाउले धनी हुने सुत्र चाडै बताइदिए जाति हुने थियो ।
मम पसल हैन रे
राजनीतमा वल्लो घाट न पल्लोतिर भएका बाउराम भट्टराई पनि कहिले काही त गज्जबकै गफ दिन्छन् । हुन त नेपालका नेताहरु गफैले बाच्या त हुन । गफ जोत्न नसक्ने यहाँ ज्यान गए पनि नेता बन्दैनन् । जसले गफ जोत्न सक्छ त्यो नेता पक्का । हिजो आज बाउराम भट्टराईलाई पनि गफ जोत्ने बानी पर्न थाल्या छ । अस्तिका दिन तिनले भन्या नयाँ शक्ति पार्टी काठमाण्डौमा खोलिएका मम पसल जस्तो होइन रे । कागले आफ्ना नाम आफैले काढ्छ भन्ने हो रै’छ । कसैले नया शक्ति पार्टीलाई काठमाण्डौमा खोलिएको मम पसल जस्तो हो भनेका थिएन । बाउराम वाले आफै सत्ये कुरा उजागर गरी दिए । पं्रधानमन्तरी भै सक्या विचरा यतिबेला एक्लै बर्बराउन थाल्या छन् । प्रचण्डाउलाई नछोड्या भए यतिबेला गतिलै नेता बन्थे । बखतमा बुद्धि नपुग्दा विचाराले खुम्चिएर बस्नु प¥या छ । अब बरु ठाम ठाममा मम पसल चलाएर संगठन गरे वेश होला है बाउराम बाजे ।
अन्तेमा
भर्खरै वार एसोसिएसनको अध्येक्षेमा जित्या चण्डेश्वर श्रेष्ठले अस्तिका दिन के बोल्या हँ ? दुई चार जना प्रजातन्त्रवादीहरुले मति छोड्दा अध्येक्षे श्रेष्ठले भन्या अब न्यायालबाट न्याय  विक्न दिँदैनौ रे । हैन हौ न्यालयबाट पहिला न्याय विक्री हुन्थ्यो कि क्या हो हँ ? अध्येक्षेमा जित्या मान्छेले त त्यसै त्यसो नभन्नु पर्नेै हो  कि बोल्दा बोल्दै तिन्का जिब्रो चिप्लिएको हो कि ? न्यायालबाट त न्याय पो पाइन्छ त विक्री वितरण हुने त होइन होला । नयाँ अध्येक्षे श्रेष्ठको कुरा बुझि नसक्नु भयो वा † हुन त चण्डेश्वर पनि कम्निष्ट नै हुन् । अलि अलि हावा गफ नगर्ने हो भने कम्निष्ट हुनै सकिदैन । उनले कम्निष्ट हुनुको धर्म निर्वाह ग¥या होला । कि कसो हौ अध्यक्षे ज्यू ?

तपाईको प्रतिक्रिया