कुवेतस“ग नेपाल पराजित

काठमाडौँ ÷ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । यसअघि पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले सोमबार राति भएको दोस्रो खेलमा पेनाल्टीमा गोल खाएको थियो ।
कुवेतले २९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । नेपालका रक्षक रन्जित धिमालले डिबक्सभित्र फल खेलेपछि पाएको पेनाल्टीलाई कुवेतका युसुफ नासिरले सदुपयोग गरे ।
खेलमा कुवेतले लगातार आक्रमण जारी राखेपनि नेपालका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए । पहिलो खेलमा पनि किरणकै सानदार प्रदर्शनमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा
रोकेको थियो ।

तपाईको प्रतिक्रिया