दुहवी विरुद्ध धरानको सानदार जित

धरान ÷इटहरीमा आइतबारदेखि भइरहेको मेयरकप अन्तर्गत फुटबल खेलमा धरान उपमहानगरपालिकाले दुहबी नगरपालिकालाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
सोमबार इटहरी रंगशालामा भएको खेलमा धरानले दुहबीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । धरानका तर्फबाट मिलन राई एक्लैले चार गोल गरे भने वर्तमान राई र विटु तामाङले एक–एक गोल गरेका थिए ।
खेलको पहिलो हाफमा धरानले वर्तमान राईको गोलमा अग्रता लिएको थियो त्यसपछि विटु तामाङले अग्रता दोब्बर बनाए भने मिलन राई एक्लैले ४ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच समेत मिलन राई घोषित भए । धरानले अब सेमिफाइनलमा इटहरी र बराहबीचको बिजेतासँग खेल्नेछ । दुहबीको तर्फबाट विजय पोखरेल र भरत चौधरीले गोल गरेका थिए । प्रतियोगिताको विजेताले नगद रु एकलाख र उपविजेताले ५० हजार पुरस्कार जित्नेछन् ।

तपाईको प्रतिक्रिया