तेजेन्द्र गन्धर्वका भाइ हिमाल पनि स्टार बन्न चाहन्छन्

धरान÷तेजेन्द्र गन्धर्व यो नाम कसैको लागि नौलो नाम होइन । नेपालको पहिलो रियालिटी सो भ्वाइस अफ नेपालमा सारंगी बादक  सहित आफ्नै शब्द, संगीत र स्वरमा गाएको ‘माछी काडैले, हितैको मायालाई छेक्यो डाडैले’ भन्ने गीत अडिसन राउन्डमा गाएर मन जित्न सफल उनी त्यसपछि गाएका अन्य गीतले  निर्णायकहरुको मात्र हैन सर्वसाधारणको समेत मन जित्न सफल भएका थिए ।
भोजपुर जरायोटार घर भएका यो परिवार पछिल्लो समय गन्धर्व संस्कृतिलार्ई  जीवन्तता दिनका लागि अग्र पंक्तिमा छन् । हराउदै गएको यो पेशालाई दाजु तेजेन्द्रमात्र हैन उनका भाई हिमाल गन्धर्व र बाबु कर्णबहादुर गन्धर्वले पुस्तौपुस्तासम्म जीवितै राख्न यसलाई निरन्तता दिदै आएका हुन् ।
स्टार बनेका तेजेन्द्रका भाई हिमाल पनि दाजुकै जस्तो स्टार बन्न चाहन्छन् । उनी अहिले चौक चौक गल्ली गल्ली, कुनै होटल तथा व्यवसायिक फर्महरुमा आफ्नो दाजुले गाएको गीत गाउदै हिड्छन् ।
यतिमात्र हैन युवा पुस्ता विदेशिने र पेशा परिवर्तन गर्ने क्रम बढ्दै गएपछि उनका बाबु कर्णबहादुर गन्धर्वले सारंगी बनाएर त्यहाका युवाहरुलाई सारंगी दिने र बजाउन सिकाउने काम गर्छन् । बाबुले अंगालेको पेशा र दाजुले पाएको सफलतालाई आत्मसात गरेर हिमालसमेत आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छन् ।
उनी अहिले गाउकै एक जना गाउले भाई सुनिल गन्धर्वसंंगसंगै आफ्नो संस्कति तथा पेशालाई जीवन्तत राख्न विभिन्न सहर तथा  गाउ गाउमा गाउदै हिड्ने गरेका छन् । भोजपुरको जरायोटारमा अधिकांश गन्धर्व जाति बसोबास गर्ने भएपनि पछिल्लो समय आफ्नो पेशा छाड्दै गएका छन् । यसप्रति चिन्तित बन्दै आफ्नो संस्कृति जोगाउन तेजेन्दको परिवार लागेको छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । गन्धर्व जातिमात्र हैन सबै नेपालीले उनीहरुको यो प्रयासलाई सहयोग पनि गर्नुपर्छ ।
त्

तपाईको प्रतिक्रिया