तेह्रथुममा जलेर एक युवतीको मृत्यु

बसन्तपुर ÷ तेह्रथुमकी एक युवतीको जलेर मृत्यु भएको छ ।
तेह्रथुम जिल्लाको छथर गाँउपालिका–२ हमरजुङ स्थित शुक्रबारे बजारमा मंगलबार बिहान आगलागी हँुदा २० बर्षिया सम्झना कार्कीको जलेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आगलागीबाट सम्झनाकी आमा ५५ बर्षिया राममाया कार्की गंभिर घाईते भएकी छिन् ।
उनलाई उपचारका लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी र स्थानियबासीको सकृयतामा एकघण्टा पछि आगो नियन्त्रणमा आएको थियो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया