गेले गेले
त्यो स्वास्थ्य मन्त्री कुन जीव हो ? त्यसले आफनो रौं नि हल्लाउन सक्दैन भनेर डंका पिट्दै हिडेका बीपीका उपकुलपति राजकुमार रौनियार शुक्रबार उत्तानोचित्त परेर चैल गेले रे । हैन हौ अटेरी नि लत्तरो अटेरी थिएनन । कसैलाई गन्दै नगन्ने । पर्धानमन्तरी होस कि स्वास्थ्ये मन्त्री होस तिन्ले कहिल्यै माखो बराबर नि गनेनन् । दुई चार जना जन्तरेहरुलाई अघि पछि लगाएर प्रतिष्ठानकै करोडौ रुपैया धुप हाल्न पल्केका तिन्को बुद्धि बिग्रेसी अन्तेमा कुलेलम ठोक्नु प¥या छ । पर्धानमन्तरी र स्वास्थ्ये मन्तरीले भनेको थप थप मान्दिया भए उन्को आजको जस्तो हविगत हुन्थेन । आजीवन टिकी लगाएर दिएझै सम्झेर पनि कही हुन्छ ? कमाउँदा नि थोरै थोरै लुतुलुतु तान्या भए पाँच बर्षमा रामै्र असुल उपर गर्ने थिए । आज वल्लो घाट न पल्ले तिरका भा’छ । जता फर्कियो त्यस्तैबाट अक्टोपस त भएन नि । चारैतिरबाट सोहोर्दा अन्तमा तिन्लाई अपच भएछ । वाल्वाटारमै तिनलाई काउँछो लगाएर विदाई गर्दैछन् । सबैले रौनियार अब गेले गेले भन्थे अस्तिका दिन देखि नै साँच्चै नै चैट भएछन् । लगानी उठाएर यसो व्याज स्याज समेत असुले गरे भन्ने गाइगई चल्या छ बात के हो कुन्नि ?
बाउदेउका आखा
नेपालको राजनीतिमा सबैभन्दा पीडित भन्या बाउदेउ गौतिम नै हुन् । त्यत्रो दुई तिहाइको बहुमत हुँदा नि विचारा एउटा सांसदसम्म छैनन् । विचराको मन कति पोल्दो हो । कहिले एउटा अध्येक्षेले रोल्पाबाट उठ भन्छन् कहिले अर्को अध्येक्षेले काठमाण्डौबाट उठ भन्छन् । उठन खोज्यो फेरि अँठ्याएर थचार्छन् । उठ्दा र थचारिदा विचराको हालत नै विग्रेछ । अब त हुँदा हुँदा अस्तिका दिन हेलिकोप्टरबाट जम्प गरेर सर्लक्कै गएका रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रतिर विचराको आँखा दौडिएछन् । भर्खरै विचरा अधिकारीले उहलोक प्रस्थान गर्न भ्याएका छैनन् बाउदेउले उनकै क्षेत्रमा आँखा लगाइ हाल्नु चाहिँ अलि हजम हुन्थेन नि ? तर राजनीति हो बाबै † अरुलाई घोक्र्याएर आफू सिढी चढ्ने संस्कारलाई नै राजनीति भन्छ्न् । अब उहलोक गाका अधिकारी फर्किएर आउँदैनन् क्यारे । अधिकारीको क्षेत्र सुरक्षित पनि छ । सुरक्षित क्षेत्र देखेसी बाउदेउको आँखा आजकल त्यतैतिर सोझिएका छन् रे । विचरा बाउदेउ ।
भिआइपीको छुट्टै उडान
पर्धानमन्तरी खप्रओले नेपालले प्रगति गरेको देखेर विश्व आश्चर्य चकित भा’छन भनेर त्यसै बोल्या होइनन् ।
हरेक कुरामा नेपालले आश्चर्यजनक प्रगति गर्दै गा’छ । अब हेरुम न अस्तिका दिन ताप्लेजुङ्गबाट चुनाउताका उधारो मन्त्री बन्ने आश्वासमा एक पटकका लागि सांसद भएका योगेश भट्टराईले भन्या अब नेपालका भिआइपीहरुका लागि छुट्टै उडयायानको व्यवस्था गर्नुपर्छ रे । पर्यटनमन्त्री रविन्द्र अधिकारी चिप्लिएसी’ जिल्ला ओहोर दोहोर गरिरहनु पर्ने भट्टराईलाई मनमा चीसो पसेछ । अब नेपालका भिआइपी माने घुस्याहा, भ्रष्टाचारी, व्यभिचारीहरुका लागि भिआइपी उडानको व्यवस्था हुनुपर्छ रे । हैन हौ बोल्न पनि कति जान्या हँ ? जनताचाहिँ यो देशका झारपात हुन कि क्या हो ? गुल्टिन्छु भन्ने डर छ भने पैदलै हिडे भैगो नि । राज्यको करोडौ ढुकुटी पनि जोगिने थियो । धन्न यमराजले घुस खाँदैनन । घुस खाने भैदिय भए नपालका भिआइपीहरु कहिल्यै खुस्कने थिएनन् ।
पडके छन् सिंह
नेप्लिज लाँग्रेसका नेता मान पूर्व महामन्तरी प्रकाशमानसिंह अस्तिका दिन राम्रैसँग पड्किएछन् । उन्ले एउटा कार्जेक्रममा भनेछन् नेपालमा खानेपानी छैन पानी जहाज ल्याउने रे । कहाँबाट आउँछ पानी जहाज ? हैन ती सिंह के भा’का हँ ? हाम्रा पर्धानमन्तरीले पानी जहाज जसरी नि ल्याउने भनिसक्या
छन् । पानी जहाजै ल्याउन कार्जालयको समेत उद्घाटन गरिसक्या छन् । खप्रओले बोलेसी बोल्यो बोल्यो । पानी जहाज ल्याएरै छाड्ने भैसक्या छन् । पानी जहाजको कार्यालय त खुली सक्या छ । कार्यालय नै खुलिसकेसी पानीजहाज नआउने कुरै भएन । जसले जहाज ल्याउँछन् उसले पानीको जोहो पनि गर्छन् । पानीको जोहो नगर्ने भए पानी जाहाजको कुरा हाम्रा पर्धानमन्तरी खप्रओले कसरी गर्थे ? ल्याएर सर्रर्रर चलाइ दिन्छन् अनि ट्वा परेलाउ है ?
पर्जातन्त्र खतरामा छ रे
काँग्रेसका बुढा निलकण्ठे काजी स्यालबहादुरले भन्या नेपालको पर्जातन्त्र अहिले खतरामा प¥या छ रे । खै कताबाट खतरा देखे ती काजीले आफै जानून । हिजो कम्निष्टको सरकार आयो भने रुन पनि पाइदैन, हाँस्न पनि पाइदैन भनेर भाषन ठोक्थे । खै त आज रुने रुइरहेका छ, हास्ने हासिरा’छ । सर्कारले कसैलाई नरु पनि भन्या छैन हाँस पनि भन्या छैन । हिजो आज काजी जहाँ गएनि पर्जातन्त्र खतरामा छ भनेर बोलीहाल्छन् । आफू सत्तामा हुँदा पर्जातन्त्र सदैव सुरक्षित, सत्ताबाट हँटेसी पर्जातन्त्र खतरामा । हैन हो काँग्रस सत्तामा बस्न नपाउदाँ पर्जातन्त्रै खतरामा किन देख्छ हँ ? गोडा पाँचेक बर्ष अब सत्तामा पुग्ने छाँटकाट नदेखेसी देउवाको अहिले नयाँ स्लोगन बजारमा आएको रै’छ । धन्य होस नेपालको पर्जातन्त्र एउा आउँदा बस्ने अर्केा आँउँदा जाने ।
बनाउनै सक्दैनन
अस्तिका दिन नेक्पाका एक नेताले आफ्नै सरकारका विरुद्धमा उछित्तो काढ्दै थिए । पर्तिपक्षले उछित्तो काढ्या भए त घण्टाघरलाई बाल मतलब पनि हुने थिएन । तर सत्तापक्षेकै नेताले त्यसरी उछित्तो काढेसी सोच्नै पर्नैै भयो । यो घुस्के घण्टाघर ती सत्तापक्षे सांसदको नजिकै गएर अझै मुख सुघ्ने प्रयास ग¥यो । तिन्ले नि थुतुनो खोली हाले यो खप्रओको सरकारले केही लछारपाटो नलगाउने भयो खुबै देश बनाउँछु, समृद्धि ल्याउँछु भन्थ्यो । अब बकबास । बनाउँछ होला नि † देश बनाउछु भनेर भनेकै छ, ती सांसद त बुरुक्क उफ्रिए । के बनाउँछ ? चुनाउका बेला मलाई मन्तरी बनाँछु भन्या थे । जाबो एउटा मन्तरी त बनाउन नसक्नेले देश बनाउँछ त ? देश बनाउने भन्दा मन्तरी बनाउने कुरा सानो हो । एउटा सानो मन्तरी त बनाउन नसक्नेले देश बनाउँछ भनेर के विश्वास गर्नु । तिन्ले ओठ लोप्प्राए । तिनको एउटा कुराचाहिँ साह«ै स्वाद लाग्यो देश बनाउने भन्दा सानो काम मन्त्री बनाउन त नसक्नेले देश बनाउछु भनेर किन डिङ्ग हाक्या होला ?
दिमागै छैन रे
हिजो आज झालेमालेका नेता भीम रावल बडो क्रान्तिकारी भएर उदाएका छन् । पहिला पहिला त्यति उग्र थेनन् । हिजो आज आगै भा’का छन् । अब हेराम न अस्तिका दिन उन्लाई खै के सनक चढ्यो कुन्नि पर्धानमन्तरी खप्रओलाई एक कौडीको दिभाग नभएको, हावा कुरा गरेर ताली खाने मात्र हुन भन्देछन् । त्यत्रा मान्छेलाई त्यसरी भनिहाल्न त अलि हुन्थेन कि ? तर पनि भनि हाले । अब एकै कौडीको दिभाग नभाका भए दुई तिहाई सरकारको पर्धानमन्री कसरी हुन्थे त ? दिभाग भएरै भा’ होलान् प्रचण्डाउ जस्ता चतुर खेलाडीलाई त फनफनी घुमाइद्या छन् । त्यसरी घुमाउने मान्छेसँग दिमाग छैन त्यो पनि एक कौडीको भनेर कसरी पत्याउने ? हावा कुरा गरेर ताली खाने त खप्रओको ठूलो कला हो । अरुले राम्रो कुरा गर्दा नि ताली खाँदैन तर प्रचण्डाउ हावा गफ जोतेर भए पनि पिरिरिरी ताली खान्छन् । घण्टाघर त बडो अलमल्लमा परेको छ । को सही हो को बेठिक हो ?
अन्तेमा
सरकारले दाइजोमा दिएको घर, दाइजोमै दिएको कार र खानाका लागि पूर्व राष्ट्रपति डा. रामवरन जादवलाई प्रसस्तै दिएकै छ । जसको खायो उसैको जुँगा मोल्नु त भएन नि । अस्तिका दिन तिनलाई खड्किए छ । चुनाउमा टिकट दिँदा नि पैसा खाएर दिने, समानुपातिक सिटमा मानोनयन गर्दा नि पैसा खाएर बनाउने गर्न थालेको छ रे । जादवले यस्ता कुरा भर्खरै थाहा पाएकी क्या हो ? यो त प्रजातन्त्र गनतन्त्र आएसी’ चलन चल्तीमै आएको हो ? पैसा नखाइ किन टिकट दिने ? पैसा नखाई समानुपातिक सांसद किन बनाउने ? नखाई बनाइदियो भने त्यो नेतै होइन खाएर दिएसी मात्र त्यो पक्का र इमान्दार नेता हुन्छ । यो सबै कुरा जान्दा जान्दै वित्थामा बुझ पचाएर किन बोल्नु ? सरकारले दे’को राशन भत्ता खाएर डल्लो परेर बस्नु नि † धेरै प्यार प्यार गरेर कराउन थाले भने खोरछ अनि भेउ पाउलाउ ।

