पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाद्वारा देउवाले दुई बर्ष कार्यकाल थप्न खोजेको आरोप नेपाली काँग्रेसभित्रको गुट, उपगुट, आरोप, पत्यारोप र भातृ संगठनभित्रको अराजकताले संगठन कमजोर बन्दै

लक्ष्मी नेपाली
विराटनगर÷त्यो शेखर कोइराला को हो ? त्यसको हैसियत के हो ? नेपाली काँगेंस कोइरालाहरुको बपौति हो ? ज्यादा बोले कारबाही गर्छु । पछिल्ला समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट आएका त्यस्ता अभिव्यक्तिले पार्टीभित्रको अराजकतालाई सतहमा ल्याइदिएको छ ।
नेपाली काँग्रेसभित्रको आरोप प्रत्यारोप, गुट उपगुट र भातृ संगठनभित्रको
अराजकताले संगठन कमजोर बन्दै गएको अवस्थामा पार्र्टीका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डा. शेखर
कोइरालाले आइतबार विराटनगर आएर सञ्चारकर्मीहरु माझ सभापति देउवाको अभिव्यक्तिको उछित्तो काढ्नु भएको छ । आगामी सभापतिको प्रत्याशीका आकांक्षी कोइरालाको संगठनमा प्रभाव बढेसँगै सभापति शेरबहादुर देउवा लगायत इतरपक्षबाट आलोचना खेप्दै आउनु भएका कोइराला विराटनगर आइपुग्दा हजारौ कार्यकर्ता एयरपोर्टमै उहाँको भव्य स्वागत गर्न पुगेका थिए ।
नेपाल तरुण दल विराटनगर ५ का अध्यक्ष जस्मिन कार्कीका पिताको निधनमा शोक व्यक्त गर्न विराटनगर आउनु भएका कोइरालाले सोमबार पत्रकार सम्मेलन गरी देउवाको भनाईको कटाक्ष गर्नुभएका थियो । उहाँले भन्नुभयो आफूलाई गाली गर्दा देउवालाई फाइदा पुग्छ भने व्यांग्यात्मक रुपमा गाली  गरिरहन पनि भन्नुभयो । उहाँले मेरो बारेमा जे बोल्नु भएको छ त्यो उहाँकै राजनेतिक संस्कार होला । म एउटा
राजनीतिक संस्कारमा हुर्किएको मान्छे हुँ । म को हुँ मलाई राम्रोसँग हेक्का छ । मैले सिकेको राजनीतिक संस्कार म छाड्दिन । पार्टीको आगामी १४ औं महाधिवेशनको प्रसंग कोट्याउँदै कोइरालाले सभापति शेरबहादुर देउवाको अभिप्राय समयमै महाधिवेशन नगराई समय थप गराई आफ्नो कार्यकाल दुई अढाई बर्ष लम्ब्याउन खोजेको देखियो । यसो भएमा पार्टी झन झन कमजोर बन्दै जाने भन्दै उहाँले आफू निरन्तर पार्टी कार्यकर्ताका माझमा जाने र गइरहने बताउनुभयो । गत बर्ष भएको स्थानीय निकाय देखि प्रदेश र संघको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोरेको प्रसंग कोट्याउँदै उहाँले हारको जिम्मा कस्ले लिने भन्दा उल्टै आफूलाई अनुशासनको कारबाही गर्ने देउवाको भनाईप्रति उहाँले क्षोभ व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले सरकारको क्रियाकलापको पनि कडा आलोचना गर्नुभएको थियो । उहाँले भन्नुभयो  भ्रष्टाचार बढेको, सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजेको, वाइडवडी घोटाला काण्डलाई सरकार स्वयम्ले कमजोर बनाइ भ्रष्टहरुलाई उम्काउन खोजेको, मेचलम्ची प्रकरणमा मन्त्रीले करोडौ कमिशन माग्दा ठेकेदारले कामै छोडेर हिडेको उहँको भनाई थियो । सरकार गठन भएसँगै मुलुकमा
अराजकता मौलाएको, दण्डहीनता बढेको, अपराधीले संरक्षण पाएकोले यो सरकारले जन भावना पूरा गर्न नसक्ने र सरकारको समृद्धिको नारा नारामै सीमित रहने उहाँको भनाई थियो ।
पे्रस युनियन मोरङ्ग शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा समेत केन्द्रीय सदस्य डा. शेखर
कोइरालाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै हुुनपर्ने कुरामा जोड दिनुभएको छ । आइतबार विराटनगर आउनु भएका कोइराला राजनैतिक भेटघाटमा यतिखेर व्यस्त रहनु भएको छ । उहाँले भन्नुभयो पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठेरो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन । पार्टी सभापतिले गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो नभएको भन्दै उहाँले पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय समिति अहिलेदेखि नै अभियानमा लाग्नुपर्छ । उहाँले थप्नुभयो, नेपाल विद्यार्थी संघमा लाग्ने विद्यार्थीको उमेर हद ३२ बर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल चलिरहेको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया