सरकारी निर्णय विरुद्ध यातायात व्यवसायी आन्दोलित

धरान/ सरकारले यातायात मजदुरविरुद्ध अनावश्यक कानुन लादेर दु:ख दिएको भन्दै यातायात मजदुरहरुले धरानबाट चल्ने लामा तथा छोटा दूरीका सवारी साधन ठप्प बनाएका छन् ।
सवारी सञ्चालनका समयमा दुर्घटना हुदा कसैको मृत्यु भएमा ५ बर्ष कैद र १० हजार, सवारी धनीलाई समेत १० हजार जरिवाना र दुई बर्ष कैदको विषयलाई लिएर धरानबाट पहाडी भेगमा चल्ने यात्रुवाहक बस तथा पूर्व पश्चिम चल्ने सम्पूर्ण यातायातका साधन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
बन्दको विषयमा यातायात संगठन भने वेखबर बनेका छन् । यातायात मजदुरले स्वस्फूर्त रुपमा गरेको बन्दका कारण धरानबाट गन्तव्यमा हिडेका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् ।
यस विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी सचिव लक्ष्मी बानियाले मजदुर संगठनहरुबीच औपचारिक रुपमा घोषणा नभएको तर यातायात मजदुरले तथा ठाउाठाउामा चेकिङ्गका नाममा सवारी चालकको लाइसेन्समा दुलो बनाइदिने लगायतका ज्यातिपूर्ण काम प्रशासनले गरेपछि त्यसको विरुद्धमा यातायात मजदुर आन्दोलनमा उत्रिएको बताउनुभयो ।
उहाले यस विषयमा यातायात मजदुर संगठनबीच चाडै नै छलफलमा बस्ने र निष्कर्ष निकाल्ने समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया