बीस जना नेपाली किसान तथा कृषि विशेषज्ञ भारतको गाजियावादमा प्राङ्गरिक खेतिको तालिममा सहभागी

धरान÷कृषि प्रधान देश भनिए तापनि नेपाली किसानहरुमा आधुनिक कृषि प्रविधिको अभाव, माटोको अवस्था, अज्ञनता, परम्परागत रुपमा गरिने खेतिबाट उत्पादकत्वमा आएको ह्रास, नेपाली किसानहरुमा कृषिप्रतिको घट्दो आकर्षण जस्ता कुरालाई ध्यानमा राखेर भारत सरकारले नेपाली किसानहरुलाई कृषि विशेषज्ञद्वारा तालिम प्रदान गर्न थालेको छ ।
भारत–नेपाल कृषिमा नयाँ साझेदारी (As Part of India-Nepal new Partnership in agriculture को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोस्रो टोलीले भारतको गाजियावादस्थित (National centre of organic farming) Ncof मा माघ १८ गते देखि फागुन १८ गतेसम्म सञ्चालन हुने एक महिने तालिम हाल लिइरहेका छन् । यसभन्दा अगाडि पनि २० जना नेपाली कृषहरुको टोलीले कार्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म सञ्चालन भएको तालिम सफलतापूर्वक पूरा गरेका थिए । गाजियावादको NCOf मा तालिममा नेपालका विभिन्न जिल्लाका किसानहरुको सहभागिता रहेको थियो ।  तालिमको मुख्य उद्देश्य माटोको स्वस्थता सुधार गर्न प्रमाणित प्रागरिक खेतिलाई पवद्र्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व , माटोको स्वास्थ्य तथा वातावरणमा प्रांगारिक प्रभाव बृद्धि गर्ने, जैविक मल तथा जैविक किटनाशक उत्पादन इकाईको स्थापना गरी प्रांगरिक विउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत विकास गरी माटो परीक्षण तथा पं्रांगरिक प्रमाणीकरणमा क्षमता विस्तार गर्ने लगायतका रहेका छन् ।
वि.सं. २०७४ चैत्रमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत नेपालका प्रधानमन्त्रीद्वयले
भारत–नेपाल कृषिमा नयाँ साझेदारीको सुभारम्भ गरेका थिए । त्यसपछि २०७५ आष्नाढमा नेपालका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले नया दिल्ली स्थित Indian Agriculatural rescarch Institute -IARI_ तथा गोजियावादा स्थित National Centre of organic farming -Ncof_ को भ्रमण गर्नुका साथै उहाँका समकक्षी कृषि तथा किसान कल्याण मन्त्री राधामोहन सिंहसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

भारतले नेपालीलाई किसानलाई तालिम दिन शुरु गरेको प्रति सुनसरीका एक सिानले खुशी व्यक्त गरे । इनरुवा बबियामा किसान एसएन मेहताले भने भारतले नेपाली किसानहरुलाई राम्रो उत्पादन गर्न सकून भनेरै  तालिम दिएको हो । यसैगरी नेपाली किसानले तालिम पाउदै गए भने उनीहरुले पनि राम्रो उत्पादन गर्न सक्छन र युवाहरुको विदेश पलायनको मोहमा कमी आउँछ, मेहताले भने । तालिम पाएका किसानहरुले विविध कृषि  कर्म गर्न सक्छन्, कृषिको उत्पादन बढाउँछन् र कृषि उत्पादनको आयातमा कमी हुन्छ । उनले भने नेपाललाई कृषि प्रधान देश भनेको छ ६०–७० अर्बको चामल, दाल लगायतका खाद्यान्नहरु बाहिरबाट आयात गर्नुपर्छ  यो भन्दा नराम्रो परिस्थिति के हुन सक्छ, उनको प्रश्न छ । यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० का भगलु चौधरी मन्छन् नेपाल
सरकारले पनि प्रभावकारी कृषि नीति ल्याउनुपर्छ । सरकारले श्रम गर्ने (खास गरी कृषि क्षेत्रमा)  युवाहरुलाई मल, खाद्य, विद्युत, पानी, विउ र बजारको समुचित व्यवस्था गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया