फुटसलमा आकर्षण बढ्दो

धरान÷ पछिल्लो समय युवा, बयस्क वर्गहरु फुटसल प्रतियोगिताप्रति आकर्षित बन्न थालेका छन् ।
शारीरिक, मानसिक रुपमा तन्दुरुत बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि यसमा सबै वर्ग आकर्षित बनेका हुन् ।
धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल रहेका छन् । यी सबै फुटसलमा फुटसल खेल्नेको भीड लाग्ने गरेका छ । मैत्रीपूर्ण खेल खेल्नुपर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका  फुटसल आकर्षकका केन्द्र विन्दु बनेका छन्
फुटबल प्रतियोगिताको सानो रुपको रुपमा लिने गरिएको फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने धरान फुटबल क्लबका पूर्व खेलाडी एवम् प्रशिक्षक सागर घिमिरे बताउनुहुन्छ ।
त्यसो त सेवा निवृत्त भएर बसेका पुस्ता समेत यसतर्फ आकर्षित हुने गरेका छन् । युवा पुस्तालाई व्यवसायिक बनाउदै सकारात्मक सोच प्रवाह गर्ने एकातिर रहेको छ भने अर्कातर्फ रिटायर्ड जीवन विताएकाहरुलाई समेत स्वस्थ जीवन विताउन सहयोग पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई बताउनुहुन्छ ।
धरानमा बढ्दो दुव्र्यसनीलाई खेलकुदको माध्यमबाट न्यूनिकरण गर्न यस्ता फुटसलले सहयोग पु¥याउने युवा पुस्ताहरु बताउछन् । धरान १७ का विकास राईले कुलतमा फुसेर पुनस्र्थापित भएका युवाहरुलाई सकारात्मक सोच दिने काम फुटसलले गरेको बताउनुभयो ।
धरानमा खुलेका यस्ता फुस्टल व्यवसायीहरु समेत सन्तुष्ट छन् । उनीहरुले समेत मनग्गे आम्दानीको स्रोत बनाएका छन् । दैनिक ५ देखि ६ टिम फुटसल खेल्न आउने गरेको विग फुटसलका सञ्चालक योगेन राई बताउनुहुन्छ ।
फुटबल प्रतियोगितामा एक टिमबाट ११ जना सहभागी भएपनि फुटसलमा भने एक टिममा ५ जनाको सहभागिता रहन्छ । बढ्दो सहरीकरणसंगै खुल्ला स्थान मासिदै गएपछि सानो ठाउमा समेत खेल्न सकिने फुटसलप्रति सबै वर्गका  सर्वसाधारण आकर्षित भएको उनीहरुको बुझाई छ । व्यवसायिक रुपमा सञ्चालन भएका यस्ता फुटसलले व्यक्तिको वृत्ति विकासमा ठूलो सहयोग पु¥याएको प्रति सबैले मनन गरेका छन् ।

तपाईको प्रतिक्रिया