काठमाण्डौ भारतीय उत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम

राजधानी÷भारतको साँस्कृतिक मन्त्रालय, नेपालस्थित भारतीय राजदुतावासको आयोजनामा एक महिने काठमाण्डौ भारतीय र्साँस्कृतिक उत्सव कार्यक्रम सञ्चलन भएको छ ।
नेपालको प्रजातन्त्र दिवस फागुन ७ गते अर्थात १९ फ्रेबुअरीबाट आरम्भ भएको उक्त सास्कृतिक उत्सव चैत्र ८ अर्थात मार्च २२ सम्म चल्ने भएको छ । सांस्कृतिक उत्सवमा पहिलो दिन फागुन ७ गते कन्टेम्पोरेरी डान्सको पहिलो प्रस्तुति सुमित राय ग्रुपले नेपाली सेनाको अडिटोरियम हलमा गरेको थियो । भारतीय कलाकारहरुले आमन्त्रित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । उक्त समूहले नेपालको औद्यौगिक नगरी विरगञ्ज र धार्मिक नगरी जनकपुरमा समेत आफ्नो प्रस्तुति पस्कने भएका छन् । सांस्कृतिक उत्सव अन्तर्गत भारतका प्रख्यात मृदंगा वादक प्रोफेसर पण्डित एला बैंकटेश्वर, पञ्जाबी लोक नृत्य हेण्डर पाल, थ्रेटरको प्रस्तुति सुसुनानायाको समूह, डा. हरिप्रियाको गु्रपले कत्थककली नृत्य, मैथिली गीत र नृत्यमा प्रज्ञान ग्रुपले, महात्मा गान्धीका सम्बन्धमा प्रदर्शनी, वतृत्वकला र साँस्कृतिक उत्सवका सम्बन्धमा सेमिनार समेत गर्नेे भएको छ ।
नेपाल भारत बीचको सम्बन्धई थप उचाइमा पु¥याउन साँस्कृतिक महोत्सवले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने आयोजकले जनाएको छ । विभिन्न विद्यामा आयोजित, फरक जातिय परम्परा भएका समुदायहरुको सांगीतिक प्रस्तुतिले उनीहरुको रहनसहन आदिका बारेमा बुझ्न समेत मद्दत पुग्ने सांगीतिक उत्सवमा सहभागीहरुको धरणा रहेको छ । भारतीय कलाकारहरुले नेपालमा समय समयमा यस्ता कार्यक्रम प्रस्तुत गर्दै आएका छन् भने नेपालक कलाकारहरु समेत भारतीय राजदुतावासकै माध्यमबाट भारतका विभिन्न स्थानमा पुगेर नेपालीलोक संस्कृतिको प्रस्तुति दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया