मुद्दा तामेलिमा राख्न ३० लाख घुस

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका करोडौ भ्रष्टाचारका मुद्दालाई तामेलीमा राख्न ३० लाख रुपैया घुस दिएको खुलासा भएको छ ।
उपकुलपति रौनियारले दुई बर्षको अवधिमा इआरसिपी, एमआरआई, कलर डोप्लर अल्ट्रासाउन्ड, सि.आर्म, काउन्ट्री मेसिन, इन्डोस्कोपी अल्ट्रासाउन्ड, हेमोडाइलासिस मेसिन, फार्मेसी औषधि सम्बन्धी, अंकोलोजी, कार्डियालोजी भवनको रकम स्थानान्तरण, परामर्श दाता नियुक्ति, विदेशी कोटाका एमविविएस विद्यार्थीबाट नजराना लगायतमा करोडौ भ्रष्टाचार गरेको उजुरी अख्तियारमा
परेका छन् । तर आफू विरुद्ध परेका उजुरीलाई तामेलिमा राख्न रौनियारले अख्तियारका हाल राजीनामा दिएर बहिर्गमित भएका आयुक्त राजनारायण पाठकलाई ३० लाख दिएको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई पूर्वाञ्चल विश्व विद्यालय विज्ञान तथा प्रविधि संकायका डिन तथा राजनारायण पाठकका भाई डा. शुभनारायण पाठक र पूर्वाञ्चल विश्व विद्यालय तहस नहस बनाउने मुख्य योजनाकार मानिएका रजिष्ट्रार राजेशकुमार झामार्फत रौनियारले ३० लाख बुझाएका थिए । आयुक्त पाठकको बहिर्गमनसँगै अख्तियारले रौनियारको फाइल खोलेर अनुसन्धान अगाडि बढाएको छ । अख्तियारले हाल रौनियारलाई बयानका लागि काठमाण्डौ बोलाइसकेको छ । उनी एकसाता देखि राजधानीमै बसेका छन् ।

तपाईको प्रतिक्रिया