राष्ट्रप्रतिको निष्ठामा ह«ास

धरान÷नेपालका पूर्व राजा ज्ञानेन्द्र  शाहले ६९ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ती प्रकाशित गरी राष्ट्रप्रतिको निष्ठामा ह्रास आएको बताउनु भएको छ ।
प्रायः जसो मौन रहने पूर्व राजाले मुलुकमा महत्वपूर्ण अवसरहरुमा जारी गर्ने शुभकामना सन्देश, विज्ञप्तीहरुले राष्ट्रभित्र मात्र नभएर देशबाहिर समेत ठूलो चर्चा पाउने गरेको छ । सोमबार जारी विज्ञप्तीमा पूर्व राजा शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीले अझै सम्म गर्न नपाएको बताउनु भएको छ ।
केही दिनदेखि दमकस्थित हिमालय टि गार्डेनमा बस्दै आउनु भएका शाहले प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ती जारी गर्दै पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र भएको भन्दै पछिल्लो अवस्थामा प्रजातन्त्रभित्र सबै नेपाली अटाउने प्रणाली नभएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ हामी र हाम्रा पूर्खाको पुख्र्यौली आदर्श प्रजातन्त्र हो  सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्त रुप लिन सक्दैन । जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र नै हो ।
विज्ञप्तीमा भनिएको छ देश दर्शनका क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा नभएको, शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुदै गएको र दण्डहीनता एवम् विधिविहिनताले विकराल स्थितिको सिर्जना हुन नपाउने गरी प्रजातन्त्र सोझा साझा सबै नेपालीको पहुँचमा हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको छ, आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनविज्ञता लामो समयसम्म रहिरहेको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ । यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक युवामा देश छोड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले राष्ट्रियता दिनप्रतिदिन कमजोर बनिरहेको छ । विज्ञप्तीमा भनिएको छ, हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र आफ्नै ै मौलिक आदर्श एवम् मान्यजनप्रतिको धर्मान्तरणको प्रक्रियाबाट आक्रान्त भएको कहालीलाग्दो दुःखद् अवस्था देखा परेको छ । जुन असहमत कार्यप्रति राज्यको ध्यान जानुपर्छ भन्नेमा हाम्रो दृढ धारणा रहेको छ । नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सुमधुर, शालीन र सौम्य कुटनीतिक
व्यवस्थाद्वारा जनतामा आधारभूत विश्वासनीयता स्वस्थ रुपमा अगाडि बढाउनुपर्छ विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया