बराहक्षेत्र÷सुनसरीको बराहक्षेत्र नगरपालिकामा गोरुको मासु विक्री गर्ने गरेको पाइएको छ ।
बराहक्षेत्र नगरपालिका–७ बाङगेमा सोमवार प्रहरीले बाच्छो काटेर बेच्दै गरेको अवस्थामा बराहक्षेत्र प्रहरीले प्रक्राउ गरेपछि सो रहस्य खुलेको हो ।
सोमबार मध्यान्न गोरु काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु–छोरालाई पक्राउ गरेको थियो । दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु ९बाच्छो० काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित निजको छोरा बर्ष १९ को गोपाल तामाङलाई पक्राउ गरेको हो ।गोरु काट्ने दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
