विराटनगरमा अत्याधुनिक टाटा शोरुम

विराटनगर÷भारतको विख्यात मोटर कम्पनी टाटा मोटर्सका नेपालका लागि अधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङ्गका विराटनगरका लागि आधिकारिक विक्रेता गोयल अटो प्राइभेट लिमिटेडले गत बुधबारदेखि अत्याधुनिक सो रुम सञ्चालनमा ल्याएको छ ।
विराटनगरको कञ्चनबाडी पिपलबोट चौकमा झण्डै तीन हजार वर्गफिट क्षेत्रफलमा खोलिएको सो रुममा टाटाका आकर्षक मोडलका कारहरु टियागो, टिगोर, नेक्सन, एक्सआरजी, जेष्ट, बोल्ट, स्टोर्म, हेग्जा लगायतका कारहरु उपलब्ध हुने भएका छन् ।

सो रुमको उद्घाटन सिप्रदी ट्रेडिङ्गका अध्यक्ष सौर्य एस.जे वि राणा, टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापारका नेपाल प्रमुख सुरज रोय, ग्लोबल अटो प्राइभेट लिभिटेडका सञ्चालक हनुमान प्रसाद अग्रवाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष राणाले आज विराटनगरमा जुन सोरुम सञ्चालनमा आएको छ यस प्रकारको सोरुम काठमाण्डौमा समेत नरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो विराटनगरसँग मेरो वाल्यकाल देखिको सम्बन्ध छ । औद्योगिक नगरमा यस प्रकारको सम्पूर्ण सुविधायुक्त सोरुमले यहाँका कार पारखीहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो पहिला टाटाका गाडीहरु राम्रा थिएनन् तर अहिले आधुनिक पुस्तालाई ध्यानमा राखेर अत्यन्तै बलियो र आकर्षक गाडीहरु टाटाले उत्पादन गरेको मात्र छैन यसको विक्री समेत अत्याधिक रहेको छ ।
टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापारका नेपाल पप््रमुख सुरज रोयले टाटाका गाडीहरु अत्यन्तै सुविधायुक्त र बलियो समेत रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो भारतले आफ्नै उत्पादनका स्टिल्सहरु गाडीमा प्रयोग गर्छन जुन स्टिल्स अन्य देशले गाडी निर्माणका लागि आयात गर्छन् । उहाँले भन्नुभयो दैनिक रुपमा टाटाका लाखौ गाडीहरु विक्री हुन्छ । तपाइर्हहरुले सोच्नुभयो होला टाटाका कर्मचारी लगायतको जीवन शैली कति उच्च होला ? तर वास्तविकता अर्कै छ । टाटाले एकसय रुपैंया आर्जन गर्दा ७० रुपैया ट्रष्टलाई प्रदान गर्छ । जसबाट विद्यालय, अस्पताल, कलेज, धर्मशाला, मठमन्दिरको निर्माण हुन्छ । टाटामा काम गर्दाको यही आनन्द हो । उहाँले थप्नुभयो हामी सुविधा र सुरक्षा दुवै दृष्टिले कारका् उत्पादन गछौ) । टाटाका कारहरु सुविधायुक्त मात्र नभएर सुरक्षित पनि छन् ।
उद्घाटन कार्यक्रममा ग्लोबल अटो प्राइभेट लिमिटेडका सञ्चालक हनुमानप्रसाद अग्रवाल, म्यानेजिङ्ग डाइरेक्टर स्नेह गोयल लगायतले पनि बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया