महेन्द्र वहुुमुखी क्याम्पस धरानको नाममा धरान उपमहानगरपालिका वडा नं. ११ पानी टयाकीमा भएको जग्गामा ४१ बर्षपछि मोहियानी हक दाबी गर्ने व्यक्ति एकाएक निस्किए ।
धरान १६ का यज्ञबहादुर घिमिरेले धनीपूर्जा प्रमाणपत्रको स्रेस्तामा मोहियानी बाबु स्व.डम्बरबहादुर घिमिरेकोे नाम उल्लेख भएको भन्दै मोहियानी हक दाबी गर्दैै कानुनी प्रक्रिया अघि सारे ।
उनले गत मंसिरमा धरान उपमहानगरपालिका ११ नं. वडा समितिबाट सर्जिवन मुचुल्का तयार गरी भूमिसुधार कार्यालय सुनसरीलाई मोही नामसारीका लागि सर्जिविन मुचुल्कासहित नामसारीका लागि निवेदन दिए ।
वि.सं. २०१२ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका महेन्द्र वहुमुखी क्याम्पसको अहिले क्यामम्पस सञ्चालन भएको
धरान १० मा एक कट्टा ५ धुर जग्गा रहेको छ, यस्तै धरान १ पुराना बजार सुनसरी उद्योग वाणिज्य संघ घउमा १ कट्टा र धरान ११ पानी ट्यांकीमा १७ कट्टा १८ धुर रहको छ । यी जग्गामध्ये धरान ११ पानी ट्यांकी छेउमा रहेको शिक्षक क्वाटर र विद्यार्थी होस्टल भवन निर्माण भएको १७ कट्टा १८ धुर जग्गामा भने ४१ बर्ष पछि घमिरेले मोहियानी हक दाबी गरेका हुन् ।
२०३४ सालमा लोकेन्द्र प्रसाद आचार्य क्याम्पस प्रमुख हुदा श्याम गोविन्द श्रेष्ठबाट क्याम्पसले धरान उपमहानगर वडा नं. ११ साविक धरान ९ (क) र हाल धरान ११ पानी ट्यांकी छेउमा रहेको कित्ता नं. २६६ नम्बरको १७ कट्टा १८ धुर जग्गा खरिद गरेको थियो । क्याम्पसले खरिद गर्नु अगावै धनीपूर्जा प्रमाणपत्रको श्रेस्तामै मोहियानी हक उल्लेख भए पनि यो अवधिमा धेरै क्याम्पस प्रमुखहरु फेरिए पनि क्याम्पसको जग्गामा माहियानी हक छ भन्न कुरा थाह थिएन । एक्कासी धरान १६ का डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञबहादुर घिमिरिले बाबुको हकदाबी आफूले पाउनुपर्ने भन्दै प्रक्रिया अगाडि बढाएपछि धरानका सर्वसाधारण, विद्यार्थीे क्याम्पसका प्राध्यापकहरु समेत अचम्मित बने ।
क्याम्पसको जग्गालाई जागाउन र क्याम्पसकै स्वामित्वमा ल्याउन अहिले क्याम्पसमा अध्यनरत विद्यार्थी, विद्यार्थी नेता, प्राध्यापक पार्टीका स्थानीय नेता, तथा स्थानीयहरु आ आफ्नो तर्फबाट अहिले लविङ गरिरहेका छन् ।
मोहियानी हक दाबी गर्ने व्यक्तिले प्रक्रिया अगाडि बढाएपछि विद्यार्थी, शिक्षक, र सर्वसाधारण आन्दोलित
धरान ११ पानी ट्यांकीमामा रहेको क्याम्पसको जग्गा मोहियानी हकको दाबी गर्ने यज्ञ कोइरालाले प्रक्रिया अगाडि बढाएपछि क्याम्पसका विद्यार्थी, प्राध्यापक, विद्यार्थी, स्थानीय नेता आन्दोलित बने ।
यस विषयमा धरान उपमहानगरपालिका ११ नं. वडा समिति कार्यालयबाट सर्जिवन मुचुल्का धनीपूर्जाको श्रेष्तामा मोयानी हक उल्लेख भएका स्व. डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञ घिमिरोलाईे नाता प्रमाणितको सिफारिस दिएपछि विद्यार्थीहरु आन्दोलित बने । उनीहरुले भूमाफियाका चंगुलमा परेर शैक्षिक संस्थाको जग्गा हडप्न खोजेको भन्दै
धरानमा विरोध ¥याली निकाले । यस्तै उनीहरुले क्याम्पसको जग्ग्गा हडप्न खोजे जस्तोसुकै आन्दोलन गर्ने चेतावनीसहित धरान उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाए ।
धरान ११ मा पर्ने त्यो जग्गा ११ नं वडा अध्यक्ष बाबुलाल लामा नाता प्रमाणितको सिफारिस दिएका थिए । सार्वजनिक जग्गामा सिफारिस दिएपछि विद्यार्थीहरु आन्दोलन बनेका थिए । यस विषयमा वडा अध्यक्ष लामाले प्रक्रियागत रुपमा सिफारिस माग्न आए पनि सार्वजनिक महत्वको जग्गालाई सिफारिस नगर्ने मनसाय बनाएको तर धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सिफारिस दिदा केही नहुने भनेपछि सर्जिविन पश्चात मोहीका माइला छोरा यज्ञबहादुर घिमिरेलाई सिफारिस दिएको बताएका थिए ।
त्यसपछि विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियन सभापति सगरम सागर चेम्जोङको संयोजकमा सरोकारवालासंग छलफल गर्दै कानुनी लडाइ लड्नका लागि संघर्ष समिति नै गठन गरे । अहिले पनि यो समिति संघर्षरत नै छ ।
के हुदैछ त अहिले
अहिले जसरी भएपनि क्याम्पसको जग्गा क्याम्पसकै स्वामित्वमा पार्नुपर्छ भन्दै सबै पक्ष लागि परेका छन् । माघको पहिलो हप्ता क्याम्पसको अनुरोधमा धरान ११ ले समेत पुन सार्वजनि मुचुल्का उठाएर मोहियानी हकवालाले क्याम्पसले जग्गा खरिद गर्नु अगाडिदेखि नै जोतपोत नगरेको र कुत नबझाएको सिफरिस बनाएर भूमिसुधारमा पेश ग¥यो । यस्तै जिल्ला अदालत सुनसरीमा उजुरी समेत हाल्यो ।
सवै पक्ष मिलेर गरेको सिफारिसमा स्व. डम्बरबहादुर घिमिरेको ०५६ फागुन ११ गते मृत्यु भएको, निजको एक मात्र पत्नी शिवकुमार घिमिरेका ०६४ मंसिर १४ गते मृत्यु भएको, उनीहरुका जेठा छोरा गणेश बहादुर घिमिरेको ०७३ भदौ ५ मृत्यु भएकोले माइला छोरा यज्ञबहादुर घिमिरे मोयिहानी हक दाबी गरे पनि हालसम्म भोगचलन नगरेको र कुत नबुझाएको कुरा उल्लेख गरिएको क्यामपस प्रमुख चन्द्रकुमार राई बताउनुहुन्छ ।
यही माघ २८ गते पहिलो पेशी हुदैछ । यसले आफ्नो पक्षमा फैसला हुन ठूलो सहयाग पुग्ने र भूमाफियाबाट जग्गालाई बचाउन सकिने उहाको भनाई छ ।
यस विषयमा क्याम्पसका विद्यार्थीहरु समेत गम्भीर बनेका छन् । क्याम्पसको कानुनी प्रक्रियालाई हातमा हात मिलाएर अगाडि बढिरहेका छन् । स्वयुवका सभापति सरगम सागर चे्म्जोङले मोहीले ४ दशक अगाडिदेखि भोगचलन नगरेको देखिएकोले फैसला क्यामपसकै पक्षमा हुनेमा आफूहरु ढुक्क भएको बताउनुभयो ।
उनले ४१ बर्षपछि भूमाफियाका चंगुलमा फसेर यज्ञ कोइरालाले हकदाबी गरेको बताउदै जस्तोसुकै अवस्थामा पनि क्याम्पसको जग्गा भूफियाको कब्जामा पर्न नदिने चेतावनी समेत दिए ।
मोहियानी हक दाबी गर्ने कोइरालाको अभिव्यक्तिले पनि अदालतको फैसला क्याम्पसकै पक्षमा हुनसक्ने संकते देखिएको सभापति चेम्जोङको भनाई छ ।
यता मोहियानी हक दाबी गर्ने व्यक्ति नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय धरानमा कार्यरत छन् । उनको अभिव्यक्तिले पनि कसैल उनलाई उचालेको हो कि भन्ने उनले गरेका कुराबाट स्पष्ट हुन्छ । उनले कसैले क्याम्पसको जग्गाका धनीपूर्जाको श्रेष्तामा बाबुको हक उल्लेख छ, दाबी गर्दा पाइन्छ भन्ने सुनेपछि प्रक्रिया अगाडि बढाएको बताए पनि जग्ग पाउछु भन्ने कुरामा उनी स्वयम विश्वस्त नभएको बताउछन् ।
मोहियानी हक दाबी गर्न व्यक्ति
जे होस् महेन्द्र क्याम्पसको जग्गामा ४१ बर्षपछि मोही निस्किएपछि अहिले महेन्द्र क्याम्पसका प्राध्यापक, त्यहा अध्ययनरत विद्यार्थीहरु यसलाई कसरी टुंग्याउन सकिन्छ भन्ने विषयमा गम्भीर भएका छन् । यस विषयमा स्ववियु पधिकारी, क्याम्पस प्रशासनबीच बुधबार छलफल र बहसमा जुटेका छन् । यसलाई कानुनी प्रक्रियाबाट टुंग्याउने र क्याम्पसको जग्गा भूमाफिया चंगुलबाट बचाउन सकिन्छ भन्ने विश्वासमा उनीहरु छन् ।
