सन्दिप लामिछाने अष्ट्रेलिया जाने

बिग बास लिगका बाँकी खेल खेल्न सन्दीप अष्ट्रेलिया जाने भएका छन्
नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले बिग बास लिगका बाँकी खेल खेल्ने भएका छन् ।
नेपाललाई यूएईविरुद्ध पहिलो एकदिवसीय र टी(२० सिरिज जिताउन महत्वपूर्ण भूमिका खेलेका लामिछाने भोलि नै दुबईबाट अष्ट्रेलिया जाने भएका हुन् ।
सन्दीपले मेलबर्न स्टार्सबाट लिगका सुरुवाती चार खेल खेलेका थिए । उनले ८ विकेट लिँदै आफ्नो प्रभाव छाडेका थिए । त्यसपछि पूर्व सम्झौता अनुसार बंगलादेश प्रिमियर लिग खेल्न गए । बंगलादेशबाट उनी राष्ट्रिय टिममा आए ।
उनको क्लब मेलबर्न स्टार्स १२ खेलबाट १२ अंकसहित लिगको चौथो स्थानमा छ । उसले शुक्रबार ब्रिसबेन हार्ट्विरुद्ध खेल छ भने फेब्रअरी १० मा सिड्नी सिक्र्ससविरुद्ध छ । शीर्ष चारमा अटाउन सके उनको टिम सेमिफाइनलमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया