धरान÷नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले वर्तमान कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्रका विरुद्धमा सशक्त आन्दोलनको घोषणा गरेको छ ।
नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिले पौष २८ गते शनिवार एक विज्ञप्ती प्रकाशित गरी कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, व्याप्त भ्रष्टाचार, निर्मला पन्तका बलात्कारी र हत्यारालाई उन्मुक्ति, वाइवडी एयर बस खरिदमा सरकारमा सहभागी मन्त्री, सचिव लगायतलाई जोगाउने दुष्प्रयास गरेको भन्दै सशक्त अन्दोलनको विकल्प नरहेको जनाएको छ ।
नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ सरकारको गैर कानुनी र अलोकतान्त्रिक रवैयाको विरुद्धमा देशका सातवटै प्रदेशका राजधानीहरुमा विरोध प्रदर्शन, ¥याली, विरोध सभाको आयोजना गर्ने जनाएको छ । आन्दोलका कार्यक्रम अन्तर्गत माघ ८ गते प्रदेश नं. १ को राजधानी विराटनगर, माघ ९ गते प्रदेश नं. २ को राजधानी जनकपुर, माघ १० गते प्रदेश नं. ३ को राजधानी हेटौडा, माघ ११ गते प्रदेश नं. ४ को राजधानी पोखरा, माघ १२ गते प्रदेश नं. ५ को राजधानी बुटवल, माघ १३ गते प्रदेश नं. ६ को राजधानी कर्णालीको सुर्खेत र माघ १४ गते प्रदेश नं. ७ को राजधानी धनगढीमा विरोध कार्यक्रम गरिने जनाएको छ ।

