यो मुलुकका शासकहरुमा त्यस्तै सतिको श्राप परेको छ भनेर भन्ने गरिएको छैन । शासकहरु सत्तामा जान जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि भन्दै फलाक्छन् तर सत्तामा पुगिसकेपछि आÏनो आधारभूत आवश्यकताहरु (घर, जग्गा जमिन, रुपैयाँ पैसा, सुन) जोड्ने दौडधूप गर्छन् । फलत ः चाडै जनताका नजरबाट स्वलित हुन्छ ।
नत्र स्वास्थ्य क्षेत्र सुधारको माग गरेर डा. गोविन्द केसीले १६ औं पटक अनसन बस्नु पर्ने थिएन । गरिबका छोराछोरीले पनि मेडिकल शिक्षा पढन पाउनुपर्छ,, दुर्गम स्थानहरुमा समेत स्वास्थ्य सेवाको पहुँच पु¥याउनुपर्छ निजी कलेजहरुले लिने मनेमानी शुल्कको मापदण्ड तोकिनुपर्छ, जथाभावि मेडिकल माफियाहरुले मेडिकल धन्दा चलाउने परिपार्टीको अन्त्य
गरिनुपर्छ, दश बर्षसम्म उपत्यकाभित्र मेडिकल कलेज खोल्न रोक लगाउनुपर्छ, प्रत्येक प्रदेशमा सरकारले एउटा मेडिकल कलेज खोल्नुपर्छ भनेर माग राख्नु के गलत हो ?
सरकार स्वयम्ले गर्नुपर्ने काम डा. गोविन्द केसीले आÏनो ज्यानको ुसमेत प्रवाह नगरी तीन करोड नेपालीको हितमा दबाब स्वरुप अनसन बस्नु दुभागर््य हो । राज्यले आफना नागरिकका आधारभूत आवश्यकताहरु पूरा गर्ने तर्फ स्वस्फूर्त ढंगले लाग्नुपर्नेमा त्यसैका लागि केसीले अनसनको सहारा लिनु परेको छ । सरकारले यी माग अर्थात गोविन्द केसीले उठान
गरेका माग पूरा गर्दा सरकारकै कद उच्च हुन्छ । नेपाली जनताले त्यसको मुक्तकण्ठले प्रशंसा गर्छन् । मेडिकल शिक्षामा मुलुकले सही फडको मार्ने थियो । तर सरकार न गोविन्द केसीले उठान गरेको मुद्दाहरु पूरा गर्नेतर्फ तत्परता देखाउँछ न त आÏनै विवेकले यस्ता काम गर्ने तत्परता देखाउँछ ।
नेपाल आमाका सच्च ासपूत डा. गोविन्द केसीले बारम्बार एउटै मुद्दा उठाएर १६ औं पटक सम्मको अनसन बस्नु पर्ने अवस्थाको सिर्जना जनविरोधी सरकार र मेडिकल क्षेत्रका डरलाग्दा माफियाहरु नै हुन । यसभन्दा अगाडि १५ अनसन जुम्लामा गएर बस्दा वर्तमान सरकाले डरलाग्दो ताण्डव नै मच्चायो । अनसन स्थलबाटै गोविन्द केसीलाई जबरजस्ती उठाएर काठमाण्डौमात्र ल्याएन त्यहाँ स्थित मेडिकल कलेजका चिकित्सक, विद्यार्थीहरुमाथि सांघातिक, वर्वरतापूर्ण आक्रमण समेत ग¥यो । आक्रमणबाट कैयौ चिकित्सक, विद्यार्थी घाइते भए । राज्यको त्यो बर्बरतापूर्ण आक्रमणलाई त्यहाँका चिकित्सक, कर्मचारी, विद्यार्थी र स्थानीयहरुले आज पर्यन्त भुलेका छैनन् र भुल्ने पनि छैनन् । डा. गोविन्द केसी जति पटक अनसन बस्छन् तिनले उठान गरेका मागहरुका सम्बन्धमा सरकार सम्झौता गर्छन । सम्झौताको मसी सुक्न नपाउँदै त्यसको निर्लज्जतापूर्वक उल्लंघन गर्छ । केसीले उठाएका मागलाई तोडमोड गर्न रातारात मर्सी चामल मार्काका मेडिकल माफिया दुर्गा उप्रेतिहरु सल्बलाउँछन् र उनीहरु सफल पनि हुन्छन् । नत्र दुई तिहाइको सरकार इमान्दार भैदिएको भए संसदबाट हुबहुँ पारित हुने थियो ।
पुषको अत्याधिक चिसोमा कमजोर शरीर लिएर केसीले इलाम पुगेर अनसन बस्नुले सरकार नांगिसकेको संकेत पनि हो । १६ औं अनसन बसेका केसी सातौ दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । प्रारम्भमा भुइँमै बसेर अनसन गरेका केसीलाई हाल उनका समर्थकहरुले बेडमा सारेका छन् । चिकित्सकहरुले स्वास्थ्य अवस्था गम्भीरबन्दै गएको बताइरहेका छन् । कुनैपनि बेला केही हुन सक्ने भएकोले सतर्कता समेत अपनाएका छन् । डा. केसीको शरीरमा ग्लुकोजको मात्रा घटेको, खोकी, निमोनिया र मुटुको चाल उतार चढाव आएको बताइरहँदा सरकार सिंहदरबारभित्र मेडिकल माफियाले हालेको घाँस खाएर उगाएर बसेको छ । हुन त यस भन्दा अगाडि वर्तमान प्रधानमन्त्री केपी ओलीले
गरिबका छोराछोरीले काम गर्नुपर्छ मेडिकल शिक्षा धनीका छोराछोरीले मात्र पढ्ने हो भनेर बोलेका थिए । यसबाट के पष्ट हुन्छ भने सरकार डा. गोविन्द केसीले उठान गरेका माग सम्बोधन गर्न अर्थात केसीसँग यस भन्दा अगाडि गरेका सम्झौता हुँबहु कार्यान्वन गर्न इच्छुक छैन । यहाँ स्मरणीय कुरा के छ भने कथंकदाचित्र डा. केसीको ज्यानमा तलमाथि भयो भने त्यसले मुलुकमा कुन रुप लिन्छ भन्ने हेक्का वर्तमान सरकारलाई शायदै होला यसर्थ डा. केसीले उठाएका मुद्दा अलिम्ब पूरा गर्नुको विकल्प छैन ।

