२२० केपी प्रसारण लाइनमा विवाद देखिएपछि कार्यदल गठन

धरान÷नेपालकै राष्ट्रिय गौरवको आयोजना २२० केभी प्रशारण लाइनको विषयमा धरान क्षेत्रमा विवाद चुलिएपछि यसलाई समाधान गर्न ११ सदस्यीय कार्यदल सुझाव समिति गठन गरिएको छ ।
शनिवार मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, संघीय सांसदलगायतका, स्थानीय राजनीतिक दलका नेता, सम्बन्धित पक्षका विज्ञको टोलीले धरान २० विष्णु पादुका क्षेत्रको अवलोकन पश्चात सबैको समस्यालाई समाधान गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतिको संयोजकत्मा दलका स्थानीय नेता, यससम्बन्धी विज्ञ,
परामर्शदाताहितको ११ सदस्यी सुझाव समिति गठन गरिएको हो ।
समिति गठन गर्नु पूर्व मुख्यमन्त्री सहितको टोलीले वडा नं २० मा पर्ने गोर्खा स्मृति पार्क, भञ्ज्याङ र चिण्डे डाँडाको स्थलगत निरीक्षण गरिएको थियो ।
स्थलगत अवलोकनको क्रममा मुख्यमन्त्री राईले राष्ट्रिय गौरबको परियोजना कुनै पनि बहानामा रोकिनु नहुने धारणा राखेका थिए । यसमा जनस्तरबाट सहयोग गर्न आवश्यक
रहेको औल्याउदै गहन रुपमा अध्ययन गरेर अगाडी बढ्ने स्थानीयलाई आश्वासन दिए ।
धरान उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं. २० का वडाध्यक्ष मणिराम राईले राष्ट्रिय गौरवको आयोजना आउनु राम्रो भएको बताउदै यसबाट हुने असरको विषयमा सम्बन्धीत पक्ष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
एक्ष्टिम धरानका अध्यक्ष लेखमणी जिमीले प्याराग्लाइडिङले धरानको शाहसिक पर्यटन खेललाई उचाइमा लादै गरेको अवस्थामा प्रशारण लाइनका कारण बाधा पुग्ने बताए ।
यता आयोजना प्रमुख इन्जिनियर ैराजन ढकालले सरकारको राष्ट्रिय योजना भएकोले सरकारको निर्देशन अनुसार प्राधिकरणले काम गर्ने बताए ।
स्थलगत अवलोकनमा संघीय सांसद जयकुमार राई, मिन विश्वकर्मा, प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारी, कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, नेपाल विद्युध प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर राजन ढकाल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । अवलोकन पछि धरान उपमहानगरपालिकामा छलफल पश्चात समिति गठन गरिएको हो । समितिले ७ दिनभित्र आफ्नो सुझाव सम्बन्धित पक्षलाई बुझाउने छ ।

तपाईको प्रतिक्रिया