पार्टी अवैध भयो रे
गोडासातेक महिना अगाडि झाले माले र माउवादी केन्द्रका बीचमा लगनगाँठो कसिए नि अहिलेसम्म विवाह दर्ताचाहिँ भा’छैन रे । प्रचण्डाउले अस्तिका दिन खुलासा ग¥या । होला नि अब प्रचण्डाउले नै भनेसी नमान्ने कुरा नि भएन । धुमधामसँग लगनगाँठो कस्सिए नि अहिलेसम्म वैध चाहिँ भएको छैन रे । अवैध नै छ रे । अस्तिका दिन उन्ले पोल खोले हाम्रो पार्टी वैध भा’कै छैन रे । हैन हौ कुरा बनाउन नि कति जान्या हँ ? लगनगाँठो कस्सिएर लुतुुलुतु दुवैतिरबाट मन्तरी पड्काएका छन । तै पनि वैध पार्टीचाहिँ बन्या छैन रे । अब वैध बनाउनचाहिँ के गर्नुपर्ला भनेर उन्ले खुलाउनचाहिँ चाहेनन् । सविधानले पार्टीमा ३३ प्रतिशत महिला पु¥याउनुपर्छ भन्या छ तर पुरुषलाई नै ठाम नपुगेसी महिलालाई ठाम दिन नसकेको रे । पछि पु¥याउछौं भनेर निर्वाचन आयोगलाई ढाँट्या कुरा पनि उनले रामायन भट्गाएजस्तै भट्या । जै हो प्रचण्डाउ । अबैध पार्टीको अवैध अध्येक्षे भा’कोमा बधाइ नि !
छाया“ सरकार
न्याउरी मारी पछुतो भनेझैँ नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर काजीको दौडधूप यतिबेला निक्कै बाक्लिएको छ । कालेको काम पनि छैन फुर्सद नि छैन भनेझै काजीको दौडधूप किन बाक्लिएको छ । कालेको काम पनि छैन फुर्सद नि छैन भनेझै काजीको दौडधूप किन बाक्लिएको होला भनेर यसो घण्टाघरले तिन्को थुतुुनो सुँघ्या त ह्वाँस्सै छाया सरकारको गन्ध आयो । माने काजी यतिबेला छायाँ सरकार बनाउन दौडधुपमा लाग्या रै’छन् । उज्यालो सरकार बनाम भने केही जोर नचल्ने भएसी काजी छायाँ सरकार बनाउन लागि प¥या छन् । उज्यालो सरकार बनाउ वित्थाको टेन्सिन लिनुपर्छ । बहुमत देखाउनुपर्छ, विश्वासको मत लिनुपर्छ । छायाँ सरकार बनाउँदा कुनै प्रकारको जिम्मेवारी लिनु पर्दैन । कसैले मन्त्री बन्न मारामार पनि गर्दैनन् । राज्यको ढुकुटीबाट खर्च पनि गर्नु नपर्ने भएकोले कसैले आलोचना पनि नगर्ने । क्या ढुक्क । स्याल बहादुलाइ त्यस्तै सरकार सुहाउँछ । हुन त अब स्यालबहादुर बन्ने नै छायाँ सरकारको प्रधानमन्तरी ।
कमलाउले आन्दोलन गर्ने रे
हिजो आज राप्रपाका अध्येक्षे फेरि बर्बराउन थाल्या छन् । अब हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन गर्ने रे । सत्ता नपाउन्ज्याल कमलाउ त्यसैगरी उफ्रन्छन् चिच्याउँछन् । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म रथ यात्रा गर्छन् । जब कसैले मन्त्री बनाइदिन्छ ती खुट्टा उचालेर सिंहदरबार छिर्छन् र भन्छन् गनतन्त्र र धर्म निरपेक्षता सही हो , पहिला खप्रओले मन्तरी बनाइदिँदा कमलाउले त्यसै गरे । अहिले खप्रओले घाँस नहालीदिएसी’ तिल्मिलाउन थाल्या छन् । अब मन्तरी नबनी जुनी जाने हो कि भन्ने चिन्ताले पिरोलिन थाल्या छन् । दिनदिनै रंग फेर्ने कमलाउ पिँध बिनाको लोटो भएकै कारन कसैले पत्याइदिनै छाडे । कमलाउको थुतुनो बन्द गर्न मन्तरी बनाइदिए लण्ठै साफ । लौन खप्रओ बाजे तिनको थुतुनो बन्द गर्ने व्यवस्था गर्नुप¥यो ।
कसैलाई कारबाही हुदैन
आफ्नो हात जगन्नाथ भएसी फुइøयाँको चिन्ता ? वाइवडी प्रकरणमा साढे चार अर्बले घैटो भर्नेहरुलाई कुनै कारबाही नहुने भएसी डकार्नेहरु चयनको निन्द्रा सुत्न थाल्या छन् रे । संसदीय उप समितिले दोषी देखाउँदैमा हुन्छ ?
सरकारका पर्वक्ताले त भन्दिए वाइवडीमा माल खानेलाई कारबाही हुदैन । अब सरकारका प्रवक्ताले भनेसी पत्याउनै प¥यो । अब वाइवडीका दोषीहरु सबै उम्कने भा’छन् । हुन त यो मुलुकाँ खप्रओको सरकार आएसी’विचरा भ्रष्टाचारीहरु सबैले उन्मुक्ति पाउदै गा’छन् । ३३ किलो सुनका मतियारहरुले उन्मुक्ति पाइसके । भ्रष्टाचार गर्नेहरु मात्र होइन बलात्कारीहरु, ज्यान मुद्दा लागेकाहरुलाई सपथै खाइसके । जे होस् राज भन्या त केपी ओलीको जस्तो हुनुपर्छ । अनि पो गनतन्त्रको सार्थकता रहन्छ । भ्रष्टाचारीलाई, बलात्कारीलाई, ज्यानमाराहरुलाई कारबाही हुने गनतन्त्र हाम्लाई चाहिएकै होइन । अबचाहिँ गनतन्त्रले सही ट्रयाक अठ्याएकोमा घण्टाघर पनि गदगद भा’छ ।
सपना नदेखे हुन्छ
हाम्रा पर्धानमन्तरी खप्रओलाई सबैले उखान, टुक्के भनेर मजाक उडाका थे । खप्रओ बोल्यो कि खित्का छाडेर हास्थे । अस्तिका दिन त्यसरी खिल्ली उडाउनेहरुलाई अपानवायु नै बन्द हुने गरी खप्रओले दनक दे’छन् । पृथ्वीनारायण शाहको जन्म दिनमा विदा नदेको भन्दै राजसंस्था चाहिन्छ भनेर जताततै नारा जुलुस गरेसी’ खप्रओलाई सानो टेन्सिन भयो त ? विदा दिन मन लागेन दे’नन् । क्रिसमसमा देकै छन् । कसैले विदा दे भन्दैमा दिने हो र ? पृथ्वी नारायण साहको नाम भँजाएर राजसंस्था ल्याउने सपना नदेख्न चेतावउनी नै दे’छ । राजसंस्था आयो भने विचरी राष्ट्रपतिको पदै गुम्ने, अरबौ डकार्नेहरुको भागाभाग मच्चिने, बलात्कारीहरुले सजाय पाउने, हत्याराहरुले संसदमा आएर सपथ लिन नपाउने थाहा भै भै खप्रओले किन विदा दिन्थे । औलो दिँदा डुडुलो निल्ने खालका जन्ता छन् । आज पृथ्वी जयन्तिमा विदा दियो भोलि राजसंस्था दे भन्लान् । बरु विदै नदियो लन्ठै साफ । हाम्रा पर्धानमन्तरी खप्रओ कम्ता बाठा छन् ।
भ्रष्टाचारी हुन रे
सत्तारुढ दलका नेक्पा प्रदेश सभा सांसद रामकुमार अधिकारीले यतिबेला आफना नेताहरुको राम्रै चाकडी बजाउन थाल्या छन् । चाकडी बजाएसी प्रदेशमन्त्री पद पक्का । अस्तिका दिन तिन्ले भन्या प्रा.डा. गोविन्द केसी भ्रष्टाचारी हुन् रे । अखिरी बाजेले ठिकै भने हाम्रो देश चोरलाई चौतारी र साधुलाई सुली दिने देश हो । जस्ले यहाँ सुल्टो होइन उल्टो गर्छ त्यसैका दिन बलियो हुन्छ । गरिबका छोराछेरीले नि मेडिकल शिक्षा पढन पाउनुपर्छ, मेडिकल माफियाहरुले मनपरी शुल्क असुल्न बन्द गर्नुपर्छ, सातै विकास क्षेत्र माने पर्देशमा मेडिकल कलेज खुल्नुपर्छ भनेर अनसन बस्ने गोविन्द केसी महा भंष्टाचारी हुन । न तिनका छोरा छोरी छन्, न तिनलाई मेडिकल कलेज खोल्नु प¥या छ । वित्थामा यस्ता जाडोमा इलाम पुगेर किन अनसन बस्नु प¥या हो ? लंगडाको सहरमा जाँदा खुट्टो खोज्याउनुपर्छ अनि अन्धाको जमातमा पुग्दा आँखा चिमचिम गर्नुपर्छ भने जस्तो आँगन त्यस्तै नाच्नुपर्छ भनेर केसीलाई कस्ले सम्झाई दिने ? सांसद अधिकारीले भन्या सरकारले तुरुन्तै गिराÏतार गरेर केसीलाई जे हाल्नुपर्छ रे । आखिरी सांसद न परे त्यो पनि सत्तारुढ पार्टीका ।
पागल हो रे
संघीय समाजवादी फोरमका अध्येक्षे उर्फ स्वास्थ्य मन्त्री उपिन्द्र यादवले अस्तिका दिन भन्या बीपीका उपकुलपति पागल हुन अब चाँडै कारबाही गर्छु । तिन्का कुरा सुनेर घण्टाघर ट्वाल्ल प¥यो । त्यत्रो प्रतिष्ठानका उपकुलपति पनि कहीँ पागल हुन्छन् ? पागलले पनि कही प्रतिष्ठान चलाउँछ ? के भन्या होलान स्वास्थ्ये मन्त्री जादवले ? उन्ले त प्रतिष्ठानमा भष्टाचार मात्र ग¥या छन्, दायाँ बायाँ मात्र ग¥या छन्, आफूलाइ साथ नदिनेलाई जोर लात्ती हानेका छन् । तर पागलै भएको कसैलाई थाहा छैन । जादवले भ्रष्टाचारी भन्या भए तै बरु तै पत्याउन सकिन्थ्यो तर पागलै भने गाँठे । एउटा
डाक्टरलाई फेरि म कारबाही गर्छु भनेर जादवले किन पूर्ति लगाएका होलान् । तिन्ने दिएको निर्देशनलाई उपकुलपतिले रद्धीको टोकरीमा फाल्देका छन् । रौँ बराबरी गन्दैनन् जादवलाई । भुक्ने कुकुरले टोक्दैन भन्ने कुरा जादलाई पत्तै रै’नछ ।
अन्तेमा
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीका विचित्र प्रकारका कुराले गनतन्त्रको कुराउनी खाएर बस्ने बाल्वाटार र शितल निवासका मनुवाहरुलाई सपनामा पनि झस्काउने गर्छ रे । केसी साह«ै गाँठी कुरा गर्छन् । अस्तिका दिन तिन्लाई के झ्वाँक चल्यो कुन्नि राजतन्त्रमा फुलिस्टप लाग्या छैन । राजतन्त्र फर्कदैन भनेर जन्ता ढाँटन सकिदैन भनेर बोलेछन् । तिन्को बोलीले बाल्वाटारे र शितल निवासेको मनमा चीसो पस्या छ । किन नपरोस त खाइपाई आएको त्यत्रो सुविधा चटक्क छोडेर झोली तुम्बा बोकेर हिड्नुपर्ने जस्तो देखेपछि । दुवै
तिरकाले कुन दिन देखि चित्रबहादुरका विचित्र कुरामाथि प्रतिबन्ध लगाउन बेर छैन ।

