आवेश ढकाल
इतिहासका पानामा कैद ती पुराना कालझौ गीत संगीत जति सुने पनि मिठास मर्दैन । त्यो चाहे नारायण गोपालको होस् या फेरि अरुण थापाको । पुराना गीत संगीतमा यथार्थपुरक शब्दका कारण हृदयलाइ छुन्थियो । शब्दमा रुमलिएका संगीतले मन र मस्तिष्कलाई सुनिरहन लालाहित पारिदिन्थ्यो । नयाा प्रवृतिका विकासको निम्तो पाएका देशमा सास्कृति झल्कने बाजालाई सही रुपमा परिचालन गरी मीठो स्वर भरिन्थ्यो । त्यो पनि कठोर परिश्रम गर्ने मध्ये थोरैले मात्र मौका पाउथे । ती स्रष्टामा सााच्चै कला लुकेको हुन्थ्यो । तर आजभोलि हाम्रा पूर्खाले रचेको सिर्जना गरेको गीतलाई रिमिक्स र नयाा प्रविधिबाट गाउनेको जमातले स्रष्टा र संरचकलाई अपहेलना गरिरहेका छन् ।
आफ्नो सिर्जनाको उत्पादन गर्न नसक्नेले अरुका सम्पत्तिलाई गलत तरिकाले प्रस्तुत गरी रातारात नाम कमाउने विकल्पमा होमिएका छन् । यो कार्यबाट नेपालको छवि उच्च राख्ने गायक प्रशान्त तामाङ पनि अछुतो रहन सकेनन् । आज भोलि सुनिने गीत गाउनकै लागि बनाइएका जस्ता छन् जुन केही समयमा लागि बजार र स्रोतालाई तताए पनि अजम्बरी भने हुन सकेनन् । त्यो पनि धेरै मिडियालाई नि:शुल्क रुपमा बाढेपछि घन्कने त भयो नै । छिटो छरितो रुपमा कसरी नाम कमाउेको लागि नेपाली गीत संगीत विकल्प बनेको छ । आफ्नै लेखन, संगीतमा स्वर भरेर नाम कमाउने हुडमा हजारौ छन जो पैसा कमउने भन्दा पनि विना पैसा आफनो स्वर जबरजस्ती अरुका कानामा पुर्याउने बढी छन् । झन आज भोलि हुने कन्सर्ट, मेला आदि कार्यक्रममा नयाा युवा पुस्ताको मागलाई पूर्ति गर्न साधना नगरी जन्मेका गायक गायिकाको स्वर सुन्न हजारौ मानिसहरु तछाडमछाड गर्छन् । लाग्छ त्यहाा गीत गाइएको भन्दा पनि मानिस मानिसबीच झगडा हुादैछ र त्यो निहाल्न सैयौ मान्छे प्रत्यक्ष रुपमा सामेल भएका छन् । यी यस्ता छोटै समयमै नामलाई चरम शिखरमा पुर्याउनेका अगाडि
पुराना स्रष्टा ओझेलमा परेका छन् । लगानी नउठ्ने डरले कति पुराना गायक गायिका हात बााधेर बसेका छन् । कति पुराना स्रस्टाबाट ज्ञान आर्जन गरी कठोर त्याग र परिश्रमले नेपाली संगीतमा प्रवेश गर्ने पनि छन् तर हजारौ काला मान्छेको अगाडि एउटा गोरो मान्छे हराउाछ भन्नेझै हराइ रहेका छन् । नयाा जति पनि गायक गायिका भएका छन् तिनीहरुले न त
पुराना गीत सुनेका होलान् न त गीतको मर्म र भाव बुझेका छन् । केवल एउटा फुस्रे स्वर साथीभाईलाई सुनाएर अरुको बककाउमा संगीतमा हाम फाल्नुले नेपाली गीत संगीतलाई फोहोरी बनाएका छन् । आवाज डुब्न आटेको सूर्य जस्तो सुष्म छ अनि ध्वनी कान फाट्ला जस्तो । यी यस्तै गीत चलेका अनि युवा पुस्ताले बुझेका पनि छन् । यो गल्ति बदलिदो समयको हो तपाई हाम्रो होइन तर यसो भन्दैमा हाम्रा सजक र संगीतका योगदान कर्तालाई मानहानी हुने गरी निकालिएका गीतले पक्कै छिटो छरितो रुपमा नाम कमाउला तर अरुले पसिना बगाएर गरेको सिर्जनालाई रिम्किसको नाम दिएर आफ्नो नाम पैलाउनु के उत्तम हो । एल्बममा समावेश गीत पुग्ने स्रोता कम छन् तर बजारमा आउने एल्बमको संख्या बढी छ अनि फेरि विभिन्न संस्थाले आयोजना गर्ने अवार्डले यस्तै नव गायक गायियकाको आत्मबल बढाइदिन्छ । आज नेपाली संगीत बजारले यिनै कुराको सामना गर्दे आइरहेको जुन यथार्थ हो यति गरिदिएर तपाई सोच्नु भो भने । आफ्नो सस्कृतिलाई भुलेर छिमेकी देशको गायक गायिकाको फोटोकपी गर्नेहरु धेरै छन् । ती गीतमा बुझ्ने शब्द नेपाली शब्द भण्डारमा पाउन पनि गाह्रो पर्छ । मौलिकता र आफ्नो पन भुलेर गाइएका गीतलो आफन्ै देश र कलाकारको बेइज्जत गर्छ यति यही चोरेको संगीत उनीहरुले सुनेको
खण्डमा । आफ्नो नामलाई चर्चा बटुल्नेहरु र आफ्नो अनुहार टेलिभिजनमा देखाउनै भएपनि सगीतलाई रोज्नेहरुको हुल जबसम्म रितिदैन तवसम्म नेपाली संगीतमा फुल्न खोज्ने स्वर र अर्काे
नारायण गोपाल, अरुण लामा, गोपाल योञ्जन जस्ता स्रष्टा कदापी फेरि जन्मन पाउादैनन् भन्दै थाकेको कलमलाई विश्राम दिन चाहन्छु । धन्यवाद ।
त्र
