लागू औषधसहित एक जना प्रक्राउ

धरान शनिवार राति धरान ८ तीनकुनेबाट लागू औषध सहित एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
राति १०ः३० बजेको समयमा धरान ८ तीनकुने चेकपोष्टमा खटिएका प्रहरीले मोटरसाइकलमा बोकेर ल्याउदै गरैको अवस्थामा लागू औषध सहित एक जनालाई प्रक्राउ गरेको हो ।
का २६ प ९४९० नम्बरको मोटरसाइकलमा धरानतर्फ आउदै गरेका रामधुनी नगरपालिका वडा नं. ५ का ४१ बर्षीय नरबहादुर श्रेष्ठलाई तीनकुने चेकपोष्टले चेकजाचका क्रममा लागू औषधसहित प्रहरीले प्रक्राउ गरेको हो ।
मोटरसाइकलमा आएका उनलाई प्रहरीले चेकजाच गर्ने क्रममा उनी भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनलाई पछ्याउदै जादा सडकमा बाटो काट्दै गरेको कुकुरलाई ठक्कर दिई लडेका थिए । प्रहरीले शंका गरी चेकजाच गर्दा झोलामा लागू औषध फेला परेको थियो ।
प्रक्राउ परेका श्रेष्ठबाट प्रहरीले डाइलेक्स डिसी १ सय एमएलको १८ बोतल, स्मापो प्रोक्सिभन दुई पता (४८ क्याप्सुल) फेला परेका थियो । त्यस्तै उनको साथबाट धारिलो खुकुरी १ थान, मोवाइल एक थान प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।
प्रक्राउ गरेका श्रेष्ठलाई आइतबार नै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनसुन्धान शुरु गरिएको डिएसपी तिम्सिनाले बताउनुभयो ।
त्र

तपाईको प्रतिक्रिया