मारवाडी युवा मञ्चद्वारा विद्यालयमा कपडा, खाद्यान्न वितरण, र दन्त परीक्षण

धरान÷मारबाडी युवा मञ्च धरानले मारबाडी युवा दिवसका अवसरमा यहाँ स्थित केही विद्यालयहरुमा न्यानो कपडा वितरण, निःशुल्क दन्त परीक्षण, पाठ्य सामाग्री वितरण र खाद्यान्न वितरण गरेको छ ।
धरानमा रहेका मारवाडी युवाहरु समाजसेवाका विभिन्न कार्यक्रममा समर्पित रहँदै आएका छन् । युवा दिवसका अवसरमा गत शुक्रबार मञ्चले धरान १५ स्थित रहेको जनता आधारभूत विद्यालयमा स्टेशनरी, विस्कुट, न्यानो कपडा र निःशुल्क दन्त परीक्षण गरेका छन् ।
यसैगरी मञ्चले धरान उपमहानगरपालिका वडा नं. ११ स्थित रहेको बाल अनाथाश्रममा समेत न्याना कपडा, खाद्यान र पाठ्य सामाग्री वितरण गरेको छ । ललित देवान र सीतादेवी देवानद्वारा सञ्चालित उक्त अनाथाश्रममा झण्डै डेढ लाख बराबरको सामाग्री वितरण गरेको मञ्चका अध्यक्ष आशिष अग्रवाल (सोनु) ले जानकारी दिनुभयो । यस्तै धरान १५ स्ति रहेको जनता आधारभूत माविमा समेत झण्डै २ लाखको सामाग्री वितरण गरेको पनि उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया