विगत २० बर्षदेखि आÏना उपभोक्ताको सेवामा समर्पित रहँदै आएको गोरखा डिपार्टमेन्ट स्टोरले उपभोक्ताको हितलाई ध्यानमा राखेर भाग्यशाली अफर योजना आरम्भ गरेको छ ।
निश्चित समयका लागि शुरु गरिएको भाग्यशाली अफरसँगै यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरका पाँचै शाखामा ग्राहकहरुको चहलपहल अत्याधिक बढेको छ । यद्यपि अफर लागू नभएको अवस्थामा पनि गोरखामा ग्राहकहरुको भीड अत्याधिक रहने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । अफरले ग्राहकहरुलाई थप आर्षित गरेको छ गौतमको कथन छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ, अफर डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी, धरानमा एक साथ लागू भएको छ । धेरै ग्राहकहरुले इलेक्ट्रोनिक्स आइटम, ग्रोसरी आइटम, सर्टिङ्ग सुटिङ्ग, ब्राण्डेड जुता चप्पल लगायत हजारौ प्रकारका सामानमा ५ प्रतिशत, १० प्रतिशत, २५ प्रतिशत देखि सत प्रतिशतसम्म छुट पाउने भएका छन् । डिपार्टमेन्ट स्टोरले गत महिना एक सूचना प्रकाशित गरी स्टोरका सम्पूर्ण शाखाहरुमा भाग्यशाली अफर अन्तर्गत ग्राहक वर्गहरुले कुनै पनि समयमा सामान खरिद गर्दा दिनमा एक पटक एक घण्टा ५ प्रतिशत र १० प्रतिशत सम्म छुट पाउने र अर्को भाग्यशाली अफर स्टोर सञ्चालन भएको कुनै पनि समयमा २५ प्रतिशतदेखि लिएर शत प्रतिशत छुटको व्यवस्था सीमित अवधिका लागि लागू भएको जनाइएको छ । मदिरा, चिनी, कार्टुन, बोरा, टिना, किचन, कोल्ड, ड्रिंक, सब्जी र बेकरीमा अफर लागू नहुने समेत स्पष्ट गरेको छ ।
पार्कि· स्थलको व्यवस्था
पूर्वाञ्चलमै पहिलो पटक डिपार्टमेन्ट स्टोरको अवधारणा ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरले धरानमा सञ्चालनमा ल्याएको आÏनो पाँचौ शाखामा सुविधा सम्पन्न पार्किङ्ग स्थलको व्यवस्था गरेको छ ।
बढ्दो शहरीकरणसँगै पार्किङ्ग स्थलको अभाव खेप्दै आएका ग्राहकहरुले धरानस्थित डिपार्टमेन्ट स्टोरमा पुग्दा सुविधायुक्त अण्डरग्राउण्ड पार्किङ्ग स्थलमा आफनो सावरी साधन सुरक्षित साथ राख्न पाउँछन् । एकै पटक एक सय वटा कार र १२ सय भन्दा बढी मोटर साइकल पार्किङ्ग गर्न सकिने स्टोरको पार्किङ्ग स्थलकै कारण गोरखामा ग्राहकको चहल पहल दिन प्रतिदिन बढेको ग्राहकहरु स्वयम् बताउँछन् ।
धरान १३ का सुजन लिम्बु आÏनो सानो सवारी साधन लिएर सोमबार गोरखा डिपार्टमेन्ट स्टोर पुग्दा प्रसन्न देखिनुहुन्थ्यो । लामो समय विदेश बसेर फर्कनु भएका लिम्बुले धरानमा उपयुक्त पार्किङ्ग स्थलकै समस्या हुने उहाँले सुनाउनुभयो । तर
गोरखामा त्यस्तो कुनै समस्या दखिएन । बाहिरी ेशहरहरुमा झै गोरखामा पार्किङ्ग स्थलसँगै संसारका जुनसुकै सामान पाउनुले आफूलाई खुशी लागेको पनि बताउनुभयो । लिम्बुमात्र होइन धरान १९ का प्रदीप सुनुवारको कथन पनि त्यस्तै छ । साँघुरिदै गएको धरानका सडकहरुमा पार्किङ्ग गर्ने सोच नबनाए पनि हुन्छ । बढ्दो सवारी चापले गर्दा बाटो काट्न समेत हम्मे हम्मे पर्न थालेको अवस्थामा सडक किनारमा सवारी पार्किङ्ग त सम्भवै छैन । तर गोरखा डिपार्टमेन्ट स्टोरमा आउँदा पार्किङ्गको मात्र हैन सामान खरिदमा समेत कुनै द्विविधा रहँदैन । जुनसुकै प्रकारका सामानहरु समेत सुपथ मूल्यमा, बार्गेनिङ्गको झन्झट बिनै पाइनुले खुशीको कुरा हो, सुनुवारले भन्नुभयो ।
गोरखा किचनमा पारिवारिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
जाडोको कपडा किन्नेको अत्याधिक भीड
इटहरी÷गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।





