धरान÷विरामी पर्दा एम्बुलेन्स समयम नपुगेर उपचार गराउन नपाएका त्यहा धरान–५ देवी गाउका स्थानीयहरुले एम्बुलेन्स खरिद गर्ने भएका छन् ।
विश्वकर्मा युवा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी देवी गाउँका सर्वसाधारणलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गर्ने तयारीमा जुटेको बताएको हो ।
विरामी पर्दा नजिकै स्वास्थ्य केन्द्र नहुनु र विरामी पर्दा हत्तपत्त एम्बुलेन्स नपुग्नु र गाह्रो साह्रो पर्दा उपचारका लागि करिब ५ किमीको दूरीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउनुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपुग्नु र गाउँमा एउटा स्वास्थ्य चौकी समेत नहुँदा विरामीको अकालमा ज्यान जार्ने प्रवल सम्भवना बढ्दै गएपछि आफूहरुले विभिन्न दाता, विभिन्न कार्यक्रमको आयोजना गरी एम्बुलेन्स खरिद गर्न लागेको विश्वकर्मा युवा मञ्च देवी गाउका अध्यक्ष गोविन्द विश्वकर्माले बताए ।
एम्बुलेन्स यहाँका सर्वसाधारणलाई लक्षित गरी १२ लाखमा खरिद गर्न लागिएको अध्यक्ष विकको भनाई छ ।
देवी गाउमा करिब ३२ घर धुरी रहेको उनीहरुले बताए । एम्ब्लेन्स खरिदका लागि प्रत्येक घरधुरीबाट ३ हजार ५ सय रुपैयाका दरले रकम संकलन गर्नै र अपुग रकम अन्य सहयोगी दाताहरुबाट संकलन गर्नै अध्यक्ष विकले बताए । यस गाउमा ९० प्रतिशत दलितको बसोबास रहेको अध्यक्ष विकले बताए ।

