धरान÷ बुढासुब्बा गोल्डकपको २१ औ संस्कर आगामी माघ २६ देखि फागुन ४ गतेसम्म हुने भएको छ ।
आयोजक धरान फुटबल क्लबले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको छ ।
एन्फाले मोफसलमा सञ्चालन हुने २३ वटा प्रतियोगिताको तालिका सार्वजनिक गर्ने क्रममा धरानको बुढास्ुब्बा गोल्डपको समेत तालिका सार्वजनिक गरेको थियोे । सोही तालिका अनुरुप माघ २६ गतेदेखि फागुन ४ गतेसम्म गोल्डकप सञ्चालन गरिने भएको हो ।
आयोजक धरान फुटबल क्लबले शुक्रबार धरानको रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको छ ।
विगतमा फुटबलको स्तर खस्केको महसुस गरी क्लबले यस पटक भने विगतजस्तै गोल्डकपको चामलाई यथावत राख्न अन्तर्राष्ट्रिय टिमको सहभागितामा जोड दिदै आएको बताएको छ । पाच बर्ष अगाडिसम्म बुढासुब्बामा अन्तर्राष्ट्रिय स्तरका खेलहरु प्रतिष्पर्धाका लागि आउदा अत्यन्तै रोमाञ्चक हुने गरे पनि २०७० सालदेखि भारतका केही टिमबाहेक बंगलादेश लगायतका देशबाट खेलाडी आउन छाडेपछि बुढासुब्बाका चाम खस्किएको थियो । २०५५ सालदेखि लगातार प्रतियोगिता हुदै आएको मोफसलकै सबै भन्दा ठूलो गोल्डपको रुपमा रहेको बुढासुब्बाका २१ औं
संस्करणमा ८ टिमले सहभागिता जनाउने निश्चित भएको आयोजक समितिका अध्यक्ष किशोर राईले बताउनुभयो । उहाले २०५७ सालमा अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गर्दै विजेता बनेको धनमोन्दी क्लब बंगलादेश र ओइल इण्डिया एफसी, दुलियान आसाम भारतसहित ए डिभिजन क्बका थ्रि स्टार, मनाङ्ग मस्र्याङ्गदी, दुई विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मीसहित मोफसलका अत्यन्तै उत्कृष्ट टिम सहारा क्लब पोखरा र आयोजक
धरान फुटकल क्लब गरी ८ टिमले सहभागिता जनाउने अध्यक्ष राईले जानकारी दिनुभयो । उहाले स्थानीय खेलाडीको सहभागितामा धरान फुटबल क्लबका टिमलाई सशक्त बनाएर फाइनल सम्म पु¥याउने क्लबले लक्ष्य लिएको बताउनुभयो ।
बुढासुब्बाको खस्कदो चामलाई बढाउन यस पटकदेखि विगतमा हुदै आएको अन्तर्राष्ट्रिय स्तरको खेललाई जीवितै राख्न यसपटक अन्य अन्तर्राष्ट्रिय टिमहरुसंग पनि कुराकानी भइरहेको अध्यक्ष राईले बताउनुभयो ।
यस बर्ष क्लबले पुरस्कारको राशी समेत दोब्बर बनाएको छ । गत बर्ष विजेताले ५ लाख रुपैया पुरस्कार पाएकोमा यस बर्ष बढाएर १० लाख र उपविजेताले ३ लाख पाएकोमा यस बर्ष ५ लाख पु¥याइएको छ ।
धरान १६ मा रहेको रंगशालामा हुन लागेको प्रतियोगितामा ६० लाख २५ हजार लागत लाग्ने अनुमान गरिएको छ भने प्रयोजक, सह प्रायोजक, स्थानीय तह लगायतबाट ७३ लाख ६७ हजार सहयोग जुट्ने अनुमान क्लबले गरेको छ । पत्रका्र सम्मेलनमा क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले गत बर्ष अर्थात २० औ संस्करणको आय व्यय प्रस्तुत गर्नुभएको थियो । सो बेला क्लबलाई ६ लाख ८७ हजार ७ सय मुनाफा भएको आयव्यय क्लबका कोषाध्यक्ष बुढाथोकीले सार्वजनिक गर्नुभएको थियो ।
